धमाधम बन्दै सडक पुल

  • प्रकाशित मितिः कार्तिक ११, २०७६
  • 1356 पटक पढिएको
  • संवादताता

नमस्ते खोटाङ संवाददाता–
तापखोला (खोटाङ) कात्तिक ११–दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका र केपिलासगढी गाउ“पालिकाबीच सिधा यातायात सम्वन्ध जोडिने भएको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका वडा नं–११ खामीको कोतिका र केपिलासगढी गाउ“पालिका वडा नं ५ सप्तेश्वरको बीचमा पर्ने तापखोलामा सडक पुल बनेपछि सिधा यातायात सम्वन्ध जोडिने भएको हो ।
करिब तीन करोड ९० लाख (भ्याट सहित) रुपैया“ बजेटमा उक्त पुल निर्माणाधीन अवस्थामा छ । उक्त पुलको ठेक्का सूर्य कन्ट्रक्सनले लिएको हो । ‘डिपिआरमा पा“च करोड बजेट भए पनि टेन्डरमा घटेर तीन करोड ९० लाख रुपैया“मा ठेक्का प¥यो ।’ केपिलासगढी गाउ“पालिका अध्यक्ष कृष्णकुमार राईले भने–‘अब २०७७ माघसम्ममा पुल सकिन्छ ।’ उक्त बजेट केपिलासगढी गाउ“पालिकाको हो । निर्माणाधीन पुलको एक पट्टी (केपिलासगढी पट्टी)को पिलर लगभग सकिन लागेको छ ।

प्रतिक्रिया दिनुहोस




सन्चार सदन प्रालि, दिक्तेल खोटाङ

फोन: ०३६-४२०७००

इमेल: [email protected]

Copyright © 2024 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित