समाजवाद (कविता)

  • प्रकाशित मितिः कार्तिक 4, 2076
  • 1758 पटक पढिएको
  • संवादताता

भीम राई (माक्पाली कान्छा)–
दाजै † त्यो उज्यालो
आउ“दैन रे
हाम्रो गाउ“मा ?
पस्दैन गरे हाम्रो
झुपडीभित्र
छिर्दै–छिर्दैन रे
हाम्रो घरतिर ?
के भइरहेछ
दाजै
हाम्रो समाजवादी गाउ“
ठूला–ठूला महलको वरिपरि ?
वाथरुम र सिटिङरुमहरुमा
चोटा, कोठा
र डाइनिङहलहरुमा
अलमल गरिरहने भए
हाम्रो झुप्रो र छाप्रोहरुमा
नपस्ने नै भए
किन आउनु समाजवाद
किन बन्नु समाजवादी गाउ“
दाजै
उज्यालो देख्नै
नपाउने भए
किन पो बन्नु हौ ?
समाजवादी यात्री
पल्लो घरको
छिड्किनीबाट
घुमाउरो बाटो बनाएपछि
घरभित्र–भित्रै
टेकेर हामीलाई
घुमाउ“ने भ¥याङ बनाएपछि
ल्याइने समृद्विले
के मुक्ति दिन्छ र खै
दाजै
छिरेको
अलिकति प्रकाश त
कागज पोको बनाएर
छि“डिहरु नै टालिदिएपछि
कसरी पो आउ“छ हौ
समाजवाद ?
दाजै
उज्यालोको खोजीमा
निस्केका बटुवाहरु
अगुवा नै बाटो हगुवा
परेपछि
आफ्नै महलको भित्ताले
छेकेर झुपडीको खुसी
अलमलाई दिएका छन रे
समाजवादको सपना

समृद्विको बाटोलाई
आफ्नै घुर्यानमा राखेर
पूजीवादको
अथाह खेती लगाउ“दै
अहिले
बन्दैछन रे
विश्वकै
नमूना व्यक्ति
महान विचारक
कुशल दार्शनिक
दाजै के
यही हो र
हाम्रो सपना
तै र त दाजै
के देख्नु
समाजवादको सपना ?
किन हिड्नु समाजवादी
यात्रामा ?
कहा“ बनाउ“नु समृद्व समाज ?
कति लाग्नु यस्तैको पछाडी
कसरी हेर्नु
आफ्नै तर बिग्रेका मान्छेहरु
त्यसैले
दाजै
असली समाजवादका लागि
खोजुङ हौ
अब आफ्नै दौतरीहरु ।।
प्रकाशित मिति २००७६ कात्तिक ४

प्रतिक्रिया दिनुहोस




सन्चार सदन प्रालि, दिक्तेल खोटाङ

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१५४/२०७८/७९

फोन: ०३६-४२०७००

इमेल: [email protected]

Copyright © 2026 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित