एक वडा, एक सहकारी

  • प्रकाशित मितिः आश्विन १२, २०७६
  • 1203 पटक पढिएको
  • संवादताता

नमस्ते खोटाङ संवाददाता–
खोटाङ, असोज १२–दिप्रुङ चुइचुम्मा गाउ“पालिकामा ‘एक वडा एक दलित सहकारी’ संस्था स्थापना सुरु भएको छ । दलित परिवारलाई बचत गर्ने र उक्त बचतलाई आम्दानी र व्यवसायमूलक क्षेत्रमा लगानी गर्ने बानीको विकास गराउ“न गाउ“पालिकाले ‘एक वडा एक दलित सहकारी’ संस्था स्थापना सुरु गरेको हो ।
आर्थिक र सामाजिक रुपमा पछाडि परेका दलित समुदायको उत्थान गर्न ‘दलितसंग सहकारी’ कार्यक्रम ल्याइएको गाउ“पालिका प्रमुख भूपेन्द्र राईले बताए । ‘दलित समुदायमा छरिएर रहेको पू“जीलाई एक ठाउ“मा बचत गर्ने र उक्त रकमलाई उत्पादनशील क्षेत्रमा लगानी गर्दै उनीहरुको आर्थिकस्तर उकास्ने उद्देश्यले एक वडा एक दलित सहकारी संस्थाको अवधारणा कार्यान्वयनमा ल्याइएको हो ।’ राईले भने–‘दलित समुदायका सदस्य मात्र सहभागी गराएर स्थापना गरिने सहकारीको विधान बनाउ“नदेखि स्थापनासम्मको काममा गाउ“पालिकाले नै सहयोग गर्नेछ ।’
सात वटा वडा रहेको उक्त गाउ“पालिकाका दलित समुदायलाई सहभागी गराएर दलित सहकारी संस्था स्थापना गर्न बीउ पू“जीस्वरुप आर्थिक वर्ष २०७६÷७७ मा पा“च लाख रकम विनियोजन गरिएको राईले सुनाए । सहकारी संस्था स्थापनाका लागि दलित समुदायलाई विधान निर्माण, सहकारी दर्ता, आवश्यक तालिम, व्यवस्थापन लगायतका काममा गाउ“पालिकाले सहयोग गर्ने राईले जनाए । दलित सहकारी संस्था स्थापनाका लागि विधान तयार पार्ने काम सम्पन्न भइसकेको राईले सुनाए । दलित सहकारी स्थापनाका लागि चार र चार जनाका दरले सात वटै वडाका २८ दलित प्रतिनिधिलाई सहभागी गराएर अभिमुखीकरण कार्यक्रम समेत सञ्चालन गरिएको छ । अभिमुखीकरण कार्यक्रममा सहभागी दलित प्रतिनिधिले आफ्नो गाउ“ फर्किएर सहकारी संस्था स्थापनाका लागि छलफल थाल्ने छन् ।
गाउ“पालिकाको सभाहलमा आयोजित अभिमुखीकरण कार्यक्रममा सहभागीलाई प्रमुख प्रशासकीय अधिकृत भीमप्रसाद दाहालले सहजीकरण गरेका थिए । समाबेंसी शीर्षकमा दलित समुदायका लागि विनियोजन गरिने अधिकांश बजेट यसअघिसम्म तालीम, गोष्ठी र खाजा नास्तामै खर्च हु“दा दलित समुदायको जीवनस्तर उक्सन नसकेको तथ्यलाई ध्यानमा राखेर गाउ“पालिकाले दलित सहकारी संस्था स्थापनामा लगानी गर्ने निर्णय गरेको राईले जनाए । राईका अनुसार दलित सहकारीको सञ्चालकदेखि कर्मचारी पनि दलित समुदायकै व्यक्ति हुनेछन् ।
आगामी दसैं तथा तिहारको बीचमा सहकारी संस्था दर्ताको सम्पूर्ण काम पूरा गरिने छ । बीउ पू“जीका रुपमा विनियोजन गरिएको पा“च लाख अपुग भएमा लगानी थप गरिने गाउँपालिका प्रमुख राईले सुनाए । परम्परागत पेशा सिलाइकटाइ तथा आरन व्यवसाय गर्दै आएका सो गाउ“पालिकाका दलित समुदायका लागि गाउ“पालिकाले आफ्नै नेतृत्व र स्वामित्वमा सहकारी संस्था स्थापना गरिदिने भएपछि हर्षित भएका छन् । तीन हजार सात सय ५२ घर स्थानीयवासीको बसोबास रहेको उक्त गाउ“पालिकामा तीन सय ८० घर दलित परिवार छन् । बालीघरे प्रथाका रुपमा काम गर्दै आएका उक्त गाउ“पालिकाको दलित समुदायका युवापुस्ता पछिल्लो समय वैदेशिक रोजगारीमा समेत गएका छन् । बचत गर्ने बानीको विकास नहु“दा अधिकांश परिवारका सदस्यले विदेशमा कमाएर पठाएको रकम फजुल खर्चमा सकिने गरेको गाउ“पालिकाले सार्वजनिक गरेको एक तथ्याङ्कले देखाएको छ ।

 

प्रतिक्रिया दिनुहोस




सन्चार सदन प्रालि, दिक्तेल खोटाङ

फोन: ०३६-४२०७००

इमेल: [email protected]

Copyright © 2024 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित