(कविता) बैंश, वासना र मदिरा

  • प्रकाशित मितिः आश्विन १२, २०७६
  • 2020 पटक पढिएको
  • संवादताता

डाइमण्ड राई–
बुद्धी बेचेर खाउ“ला भनेर
उहिले त्यो बैंशमा
बैंशालु माया“लुलाई
कम्ति गफ छाँटिएन लै लै..
अहिले बुद्धिको भाडोमा बिर्को लागि सकेपछि
श्रम बेचेर मुस्किलले
भूरा–भूरि पाल्न प¥या छ ।
गाह्रो छ मलाई गाह्रो, कम्ति गाह्रो छ
खै कुरा बुझेको ?
बा कत्तिलाई गफै गफमा कतै
खर्पे जून झारी दिउ“ला पो भनियो कि
तारा लुछि दिउ“ला भनेर
कत्तिलाई फुर्ति पनि लाइयो होला ।
तर करेसामा फलेका आ“पजस्तो
झटारोले झार्न नमिल्ने रै’छ जून तारा
यत्ति थाहा पाएपछि अहिले
लजाउ“दै मदिरा पिउनु प¥या छ
गाह्रो छ मलाई गाह्रो, कम्ति गाह्रो छ
खै कुरा बुझेको ?
खेताला लाएर लेखेको प्रेम पत्रले
दाह्रीको रेखी नबस्दै पट्ट्यायो जंगे दाइले
कल्कलाउ“दी भंगेरी भाउजुलाई
अकबरी सून जस्तै खाट्टी लाग्ने त्यो प्यार
बिहेपछि जलप मात्रको पित्तल निस्कियो–
केही थान सन्तान जन्माई सकेपछि त
सियो भन्दा तिखो जिब्रो भएकी श्रीमती
लिलाममै राख्नु पर्यो जंगेले–
आफ्नो श्रीमती लैजाने बहादुरलाई
ठूलै इनामको घोषणा गर्यो–
तर बढाबढ् गर्ने कोहि बहादुर ननिस्के पछि
खेतला लेखकलाई सराप्दै जंगे
कुनामा झोक्र्याएर सराब पिउ“छ–
गाह्रो छ उस्लाई पनि गाह्रो। कम्ति गाह्रो छ–
ख्वै कुरा बुझेको?
फेसबुकको हवाला दिंदै बिर्खेले
छात्ती पिटेर प्रेममा परेको घोषणा गर्यो–
बिचरा तीस नाघेको कुमारको भूईंमा खुट्टै छैन–
प्रोफाइलमा कल्कलाउ“दो बैंश देखेर
छेकारो मा¥यो सुन्दरीलाई म्यासेन्जरबाटै–
ह्वाट्स् एप र भाइबरमा लाइभ च्याट् हु“दै
बिर्खे र सुन्दरीको प्रेमले
सकुसल पहिलो चरण पार गर्यो–
प्रत्यक्ष भेटघाटको तिथि मिति तय भएपछि
त्यो प्रेम क्लाइमेक्स्समा पुग्यो–
एक अर्कामा यस्तरी समर्पित थिए कि,
बिर्षे र सुन्दरीकोजस्तो जोडीले
महादेव र पार्वती, लैला र मझ्नु अथवा
रोमियो र जुलियटका कथाहरु
एकाएक विस्थापित गर्यो–
तर लामो उठबस् हुनु अगावै
यो प्रेम स्खलित हुन पुग्छ,
जब बिर्खेले सुन्दरी भगाउ“दा
बोनसमा प्राप्त दुलहीको दुई सन्तान सहित
गोठै उठाउ“नु पर्ने
खण्डखातिर आइ लाग्छ–
तब त बिर्खे पनि आजकल
आफ्नै भाग्यलाई भद्दा गाली दिंदै
सराब पिउ“छ बिर्खे–
गाह्रो छ बिर्खेलाई पनि गाह्रो–
खै कुरा बुझेको ?
यता मेरो छिमेकिकी १६ वर्षे छोरीले
फेसबुकमै फेला पारिन् ह्यान्डसम् प्रेमी–
सम्पन्न,सरिफ, भद्र र प्रेमिल,
सबै उपमाहरुका लायक,
हातैमा परेको माछा फुत्केला भनेर
हतार–हतार परिवारको सहमतीमै
सम्पन्न भयो कलिली छोरीको बिहे
तर त्यत्ति बेला
छिमेकीको सपना चकनाचुर भयो,
जब दुलहाको पेसेवार हातबाट
बेचिन पुगिन् छोरी बम्बैमा
उता छोरी आ“सुको मदिरा पिउ“दी होलिन्
यता बा सराबमा आ“सु नै घोलेर पिउ“छन्
गाह्रो छ यहा“
सबैलाई गाह्रो छ
कस्लाई पो सजिलो छ र ?
त्यसो र
मन हलुका बनाउ“न तपाईं र म पनि
लगाउ“ने हो कि एक प्याक ?
चियर्स्...।।।
प्रकाशित मिति २०७६ असोज १२

प्रतिक्रिया दिनुहोस




सन्चार सदन प्रालि, दिक्तेल खोटाङ

फोन: ०३६-४२०७००

इमेल: [email protected]

Copyright © 2024 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित