सडकले गति लियो

  • प्रकाशित मितिः भदौ २७, २०७६
  • 1583 पटक पढिएको
  • संवादताता

नमस्ते खोटाङ संवाददाता– 
खोटाङ, भदौ २७–दिक्तेल–खानीडा“डा–रेग्मीटार सडक कालोपत्रका लागि सुरु गरिएको कामले गति लिएको छ । आगामी चैतसम्म काम सक्ने गरी कामले गति लिएको हो ।
राष्ट्रिय पुननिर्माण प्राधिकरणको २० करोड ८८ लाख ३२ हजार ९७ रुपैया“ लागतमा करिब १० दशमलव ९७४ किलोमिटर सडक कालोपत्रेका लागि धमाधम काम भइरहेको छ । यो काम याक्तुहाङ–साप–सिरुवा जेभीले लिएको हो । गत २०७५ असोज १ गते जिल्ला आयोजना कार्यान्वयन इकाइ अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार खोटाङसंग संझौता भएको थियो । आगामी चैत ७ गतेसम्म काम सक्ने गरी संझौता भएको हो ।
याक्तुहाङ–साप–सिरुवा जेभीका निर्देशक कल्याण दाहालका अनुसार आहाले–हस्पिटलचौकमध्ये आहालेदखि नाहिमासम्म नालीको काम सकिएको छ । अन्य स्ट्रक्चरको काम लगभग सकिएको दाहालले बताए । आगामी चैतसम्ममा सकिने गरी काम रफ्तारमा बढाइएको दाहालले सुनाए । ‘हामी बेलैमा काम सक्ने गरी काम गरिरहेका छौं ।’ दाहालले भने–‘मुलुकभर ठेकेदारले काम नगरेर योजनाहरु अलपत्र पारेको भन्ने चर्चा चलेको बेला बेलैमा काम सकेर बुझाउ“ने तयारी गरिएको छ ।’ 
जिल्ला आयोजना कार्यान्वयन इकाइ अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार खोटाङका सूचना अधिकारी मणिराम ढकालका अनुसार भौतिक प्रगति २४ दशमलव ९ प्रतिशत र २५ प्रतिशत वित्तीय प्रगति देखिएको छ । यद्यपि अहिलेसम्म ५० प्रतिशतको हाराहारीमा काम सकिनु पर्ने ढकालले सुनाए । ‘अहिलेसम्म ५० प्रतिशतको हाराहारीमा काम हुनु पथ्र्यो ।’ ढकालले भने–‘पछिल्लो रफ्तारले काम गरे सम्झौता अनुसार निर्माणअवधिमा काम सकिने सम्भावना छ ।’
उक्त सडक भइरहेको भन्ने सुनिएको तर अनुगमन भने नगरिएको जिल्ला समन्वय समिति खोटाङका प्रमुख बबि चाम्लिङले बताए । ‘काम भइरहेको भन्ने सुनिएको छ ।’ चाम्लिङले भने–‘केही दिनमा अनुगमन गरेर गुणस्तरको बारेमा सार्वजनिक गर्छौं ।’
जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेलबजारबाट खानीडाडा“–आहाले हुदै सगरमाथा लोकमार्ग मार्फत तराई जोडिएपछि सर्वसाधारणलाई सहज हुने छ । यो सडक सञ्चालनपछि 
दैनिक उपभोग्यवस्तुको मुल्य समेत घट्ने खोटाङ उद्योग वाणिज्य संघका अध्यक्ष उपीनकुमार राईले बताए । ‘यो सडक सञ्चालनमा आएपछि दैनिक उपभोग्यवस्तुको मुल्य पनि घट्ने छ ।’ राईले भने–‘तराईसंग सिधा यातायात सम्वन्ध जोडिदा निर्माण सामग्री समेत सहज हुने छ ।’

 

प्रतिक्रिया दिनुहोस




सन्चार सदन प्रालि, दिक्तेल खोटाङ

फोन: ०३६-४२०७००

इमेल: [email protected]

Copyright © 2024 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित