साप्सुखोला पुल उद्घाटन
- प्रकाशित मितिः भदौ १२, २०७६
- 1795 पटक पढिएको
- संवादताता
नमस्ते खोटाङ संवाददाता–
खोटाङ, भदौ १२–निर्माण कम्पनीको लापरबाहीले अलपत्र परेको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–५ लफ्याङ र साकेला गाउ“पालिका–५ मात्तिमको बीचमा पर्ने साप्सुखोला (माथिल्लो)को सडक पुलको उद्घाटन गरिएको छ । प्रदेशसभा सदस्य रामकुमार राईले भदौ ११ गते उद्घाटन गरेका हुन् । उक्त कार्यक्रममा पूर्वसांसद कुलप्रसाद फुयाल, जिल्ला समन्वय समिति खोटाङका प्रमुख बबि चाम्लिङ, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका प्रमुख दीपनारायण रिजाल, साकेला गाउ“पालिका अध्यक्ष अर्जुनकुमार खड्का, नेकपा खोटाङका सदस्य कुमार आचार्य लगायतका सहभागिता थियो । उक्त पुल निर्माण कम्पनीले तीन वर्षदेखि अलपत्र छाडेपछि साकेला गाउ“पालिका अध्यक्ष खड्काले हस्तक्षेप गरेर आफैले काम थालेपछि सकिएको हो ।
तत्कालीन जिल्ला प्राविधिक कार्यालय मार्फत नेपाल सरकारको करिब डेढ करोड रुपैया“को लागतमा १८ महिनामा सक्ने गरी हरिहरि–गजुरमुखी जेबी कम्पनीले २०७३ बैशाखमा संझौता गरेको थियो । उक्त निर्माण कम्पनीले दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१५ का श्याम पोखरेललाई पेटी ठेक्कामा दिएपछि पुल निर्माण अलपत्र परेको थियो ।
निर्माण अलपत्र परेर बेपत्ता निर्माण कम्पनीलाई खोजेर पेटी ठेकेदारलाई हटाएर आफ्नै निग्रानीमा स्थानीय ठेकेदारलाई काम जिम्मा लगाएपछि काम सकिएको अध्यक्ष खड्काले बताए । उनका अनुसार साकेला गाउ“पालिका–१ बाझेच्यानडाडा“का सुरज बस्नेतले उक्त काम सकेका हुन् । यसबाहेक साकेला र दिप्रुङ चुइचुम्मा जोड्ने तावाखोलाको सडक पुल भने अझै अलपत्र अवस्थामै छ । पूर्वाधार विकास विभागको करिब साडे चार करोडको लागतमा नेश्नल महावीर सिद्धिसाई जेवी कम्पनीले लिएको हो । २०७५ बैशाख २१ गते १८ महिनामा सक्ने गरी उक्त कम्पनीले संझौता गरेको थियो । उक्त कम्पनीले जिल्लास्थित निर्माण व्यवसायी कर्ण खत्रीलाई पेटी ठेक्का दिएको र उनले काम नगरेपछि अलपत्र परेको हो ।अब यो पुल निर्माणको अवधि करिब तीन महिना मात्र बा“की छ । काम भने एक पट्टीको पिलरको जग खन्दा खन्दै छाडिएको छ । वर्षाको बहानामा काम छाडिएको हो ।