नमस्ते खोटाङ संवाददाता–
खोटाङ, मङ्सिर ११–हलेसीमा अन्तर वडास्तरीय खुला भलिबल प्रतियोगिता सुरु भएको छ । शहिद स्मृति कप २०८३ को अवसरमा हलेसीको बसाहा गुफास्थित खेलमैदानमा मङ्सिर ११ गते उक्त प्रतियोगिता सुरु भएको हो ।
वाइसीयल नेपतल हलेसी तुवाचुङ नगर समितिको आयोजनामा भएको प्रतियोगिताको उद्घाटन खेलमा ओखलढुङ्गाको चिसङ्खुगढी गाउँपालिकाको भदौरे युवा क्लवलाई साझो सेटले हराउदै उदयपुरको लिम्चिङबुङ गाउँपालिका बासबोटे युवा क्लवले विजयी सुरुवात गरेको छ ।
उक्त खेलको विजेताले नगद ५० हजार तथा उपविजेताले नगद ३० हजार सहित ट्रफी, मेडल र प्रमाणपत्र पाउने छन् भने सेमीफाइनलिष्ट दुई टिमले नगद १०–१० हजार सहित ट्रफी, मेडल र प्रमाणपत्र पाउने छन् ।
त्यस्तै विधागततर्फ उत्कृष्ट स्पाइकर, उत्कृष्ट लिब्रो, उत्कृष्ट डिफेण्डर, उत्कृष्ट ब्लकर र अनुशासित खेलाडीले जनही एक हजार सहित मेडल र प्रमाणपत्र पाउने वाइसियल नेपाल खोटाङका अध्यक्ष भूपेन्द्र किरातीले बताएका छन् । उक्त प्रतियोगितामा २३ टिम सहभागी भएका छन् । खेलको उद्घाटन नेपाली कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य तथा खोटाङ इन्चार्ज राजन राई लगायत शहिद परिवारले संयुक्त रूपमा गरेका हुन् ।
प्रतिक्रिया दिनुहोस
नमस्ते खोटाङ संवाददाता–खोटाङ, मङ्सिर ११–हलेस�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, मङ्सिर ११–जिल्�... ... ...
सविना परियार, (खोज पत्रकारिता केन्द्रका लागि)खोटा�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, मङ्सिर १०–दिक्�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, मङ्सिर ६—भोटेक�... ... ...
सन्चार सदन प्रालि, दिक्तेल खोटाङ
सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१५४/२०७८/७९
फोन: ०३६-४२०७००
इमेल: [email protected]
Copyright © 2026 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित