नमस्ते खोटाङ संवाददाता–
खोटाङ, मङ्सिर ११–जिल्ला समन्वय समिति खोटाङका प्रमुख सनबहादुर राईको पद रिक्त गर्ने निर्णय कार्यान्वयन नगर्न निर्वाचन आयोगको नाममा सर्वोच्च अदालतले अन्तरिम आदेश दिएको छ । सर्वोच्च अदालतका न्यायधिस जनक पाण्डेको मङ्सिर ११ गतेको इजलासले निवेदनको अन्तिम किनारा नलागेसम्म निर्वाचन आयोगले गरेको निर्णय र त्यस अनुसारको सूचना निवेदकको हकमा कार्यान्वयन नगर्नु तथा कामकाज गर्न नगरोक्नु भनि अन्तरिम आदेश जारी भएको हो ।
जनता समाजवादी पार्टीको २०८३ भदौ १६ र १७ गते भएको केन्द्रीय समन्वय समितिको बैठकको निर्णयले २०८३ असोज २७ र कात्तिक १२ गते निर्वाचन आयोगलाई पत्राचार गरेको र त्यसको आधारमा निर्वाचन आयोगको २०८३ मङ्सिर २ गतेको निर्णय अनुसार मङ्सिर ३ गते सूचना प्रकाशित गरी समन्वय प्रमुख राईको पद रिक्त गरिएको थियो । उक्त विषयमा निवेदकलाई सुनुवाइको मौका समेत नदिई कारबाही गरिएकाले त्यसको विरुद्ध अदालतमा परेको निवेदनको अन्तिम किनारा नलागेसम्म निर्वाचन आयोगले जारी गरेको सूचना निवेदकको हकमा कार्यान्वयन नगर्नु तथा कामकाज गर्न नरोक्नु भनि उल्लेख गरिएको छ ।

निर्वाचन आयोगले समन्वय प्रमुख राई, केपिलासगढी गाउँपालिकाका उपाध्यक्ष गुरुराज राई, दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–१० पाथेकाका वडाअध्यक्ष मुगाधन राई, वडा सदस्यहरू शहरमनि राई, रामधन राई, महिला सदस्य कल्पना राई र दलित महिला सदस्य गीता विश्वकर्माको पद रिक्त गरेको थियो ।
प्रतिक्रिया दिनुहोस
नमस्ते खोटाङ संवाददाता–खोटाङ, मङ्सिर ११–हलेस�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, मङ्सिर ११–जिल्�... ... ...
सविना परियार, (खोज पत्रकारिता केन्द्रका लागि)खोटा�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, मङ्सिर १०–दिक्�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, मङ्सिर ६—भोटेक�... ... ...
सन्चार सदन प्रालि, दिक्तेल खोटाङ
सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१५४/२०७८/७९
फोन: ०३६-४२०७००
इमेल: [email protected]
Copyright © 2026 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित