भोटेकोशी बाढीमा बेपत्ता पवन खत्रीको कुशको शव बनाएर अन्त्येष्टि गरी काजकिरिया सुरु

  • प्रकाशित मितिः मंसिर 7, 2083
  • 46 पटक पढिएको
  • संवादताता

नमस्ते खोटाङ संवाददाता–
खोटाङ, मङ्सिर ६—भोटेकोशीको बाढीमा बेपत्ता दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–३ बाम्राङका ३२ वर्षीय पवन खत्रीको कुशको शव बनाएर मङ्सिर ६ गते अन्त्यष्टि गरी काजकिरीया सुरु गरिएको छ । खत्रीको शव फेला नपर्नका साथै डिएनए परीक्षणको रिपोर्ट समेत ढिलो भएकाले संस्कार अनुसार कुशको शव बनाएर अन्त्यष्टि काजकिरीया सुरु गरिएको हो ।
पवन नुवाकोटस्थित शेर गणअन्तर्गत रसुवाको मैलुङ पोस्टमा कार्यरत थिए । ड्युटीमा रहेकै बेला बाढीले बेपत्ता भएका खत्रीको बर्दघाट सुस्ता पश्चिमको गैँडाकोटमा शव फेला परेको भनिए पनि पुष्टि नभएको र डिएनए परीक्षणको रिपोर्ट पनि ढिलो भएकाले संस्कार अनुसार कुशको शव बनाएर अन्त्यष्टि गरी काजकिरीया सुरु गरिएको पवनका आफन्त लीलाबहादुर खत्रीले बताए ।
फेला परेको पवनको जस्तो देखिने शव अहिले लुम्बिनी प्रादेशिक अस्पताल बुटवल मातहतमा व्यवस्थापन गरिएको खत्रीले जनाए । उक्त शवको डिएनएको सेम्पल काठमाडौं आइसकेको र पवनकी आमा रूद्रमायाँको सेम्पल पनि भदौ १९ गते नै काठमाडौं पठाई सके पनि रिपोर्ट नआएकाले अन्त्यष्टि गरिएको खत्रीको भनाइ छ ।
त्यस्तै बाढीमै बेपत्ता भएका अन्य ७ जनाको पनि डिएनए परीक्षणको रिपोर्ट आएको छैन । उक्त बाढीमा दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–४ खाल्लेका सुर्जबहादुर परियार, ऐसेलुखर्क गाउँपालिका–३ का ५३ वर्षीय युवराज राई, ३३ वर्षीय यसबहादुर राई, ४ का ४१ वर्षीय बालकुमार तामाङ, दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–४ खाल्लेका २७ वर्षीय सुर्जबहादुर परियार, उक्त नगरपालिका–१५ विजयखर्कका ४३ वर्षीय कविन राई र जन्तेढुङ्गा गाउँपालिका–६ का ३० वर्षीय प्रज्ञान राई बेपत्ता भएका थिए ।

प्रतिक्रिया दिनुहोस




सन्चार सदन प्रालि, दिक्तेल खोटाङ

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१५४/२०७८/७९

फोन: ०३६-४२०७००

इमेल: [email protected]

Copyright © 2026 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित