नमस्ते खोटाङ संवाददाता–
खोटाङ, मङ्सिर १०–दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाका प्रमुख तीर्थराज भट्टराईले जनप्रतिनिधि विहीन पाथेकाको कार्यबाहक वडाअध्यक्षको जिम्मेवारी संहालेका छन् । निर्वाचन आयोगले मङ्सिर २ गते वडाअध्यक्ष सहित पाँचै जनाको पद खारेज गरेपछि जनप्रतिनिधि विहीन बनेपछि भट्टराईले मङ्गलबारदेखि कार्यबाहक वडाअध्यक्षको जिम्मेवारी संहालेका हुन् ।
२०७९ को स्थानीय तहको निर्वाचनमा तत्कालीन नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टी बीच गठबन्धन गरी चुनाव जितेका थिए । उनीहरूमध्ये जनता समाजवादी पार्टीका मुगाधन राई अध्यक्ष, नेकपा माओवादी केन्द्रका शहरमनि राई वडा सदस्य, कल्पना राई महिला सदस्य र गीता विश्वकर्मा दलित महिला सदस्य तथा वडा सदस्यमा नेकपा एकीकृत समाजवादीका रामधन राईले चुनाव जितेका थिए । यसमध्ये मुगाधन श्रम संस्कृति पार्टीमा प्रवेश गरेपछि दल त्याग गरेको भन्दै जनता समाजवादी पार्टीले निर्वाचन आयोगमा सिफारिस गरेपछि त्यसको आधारमा पद खारेज भएको हो । अन्य ४ जना सदस्यहरू भने नेपाली कम्युनिष्ट पार्टीमै क्रियाशील रहेको अवस्थामै उनीहरू पद खारेजका लागि जनता समाजवादी पार्टीले निर्वाचन आयोगलाई सिफारिस गरेको भन्दै नेपाली कम्युनिष्ट पार्टीले आपत्ति जनाएको छ ।
जनप्रतिनिधि विहीन अवस्थाको समस्या समाधान गर्न सम्वन्धित वडामा छलफल र मङ्गलबार विहान भएको नगर कार्यपालिकाको बैठकले नगर प्रमुख भट्टराईलाई कार्यबाहक वडाअध्यक्षको जिम्मेवारी दिने निर्णयपछि काम सुरु गरेको भट्टराईको भनाइ छ । काम थालेको सुरु दिन नागरिकताको प्रतिलिपिका लागि सिफारिस २ वटा र अर्को विवाह नगरेको प्रमाणितपत्र दिइएको भट्टराईले बताएका छन् । तर काम सुरु गरेकै दिन एक महिलाले आफूलाई ढाटेर अर्को विवाह नगरेको भन्ने कागजात प्रमाणित गराएर फसाएकाले नगर प्रहरी परिचालन गरी उक्त कागजात जफत गर्नु परेको भट्टराईले सुनाए । ‘मलाई त ढाँटेजस्तो लागेको थिएन तर कागज बनाएर लगिसकेपछि बुझ्दा विवाह गरेर दुई वटा बच्चाकी आमा हुनुहुदो रहेछ’ भट्टराईले भने–‘त्यसपछि नगर प्रहरी परिचालन गरेर कागजात जफत गर्नु प¥यो ।’
प्रतिक्रिया दिनुहोस
नमस्ते खोटाङ संवाददाता–खोटाङ, मङ्सिर १०–दिक्�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, मङ्सिर ६—भोटेक�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, मङ्सिर ५–‘प्र�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, मङ्सिर ४–दिक्त�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, मङ्सिर ३–दिक्त�... ... ...
सन्चार सदन प्रालि, दिक्तेल खोटाङ
सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१५४/२०७८/७९
फोन: ०३६-४२०७००
इमेल: [email protected]
Copyright © 2026 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित