नमस्ते खोटाङ संवाददाता–
खोटाङ, मङ्सिर ३–दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–१० पाथेका जनप्रतिनिधि विहीन भएको छ । दल त्याग गरेको सिफारिसको आधारमा निर्वाचन आयोगले वडाअध्यक्ष लगायत ५ जनाको पद रिक्त गर्ने निर्णय गरेपछि वडा जनप्रतिनिधि विहीन भएको हो ।
जनता समाजवादी पार्टीको चुनाव चिन्हबाट निर्वाचित वडाअध्यक्ष मुगाधन राई, महिला वडा सदस्य कल्पना राई, वडा दलित महिला सदस्य गीता विश्वकर्मा, वडा सदस्यहरू शहरमनि राई र रामधन राईको पद निर्वाचन आयोगको मङ्सिर २ गतेको निर्णयले रिक्त भएको हो । उनीहरूमध्ये शहरमनि, कल्पना र गीता तत्कालीन नेकपा माओवादी र रामधन नेकपा एकीकृत समाजवादीको भए पनि चुनावी तालमेलका क्रममा जनता समाजवादी पार्टीको चुनाव चिन्हबाट निर्वाचित भएका हुन् । मुगाधन श्रम संस्कृति पार्टीमा प्रवेश गरेका छन् ।
वडा जनप्रतिनिधि विहीन भएपछि मङ्सिर ३ गतेदेखि कामकाज ठप्प भएको छ । जनप्रतिनिधि विहीन भएपछि कसरी काम गर्ने भन्ने बारेमा संघीय मामिला मन्त्रालयमा राय माग गरिएको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाका प्रमुख तीर्थराज भट्टराईले बताएका छन् ।
उनीहरू सहित निर्वाचन आयोगले जिल्ला समन्वय समिति खोटाङका प्रमुख सनबहाहदुर राई लगायत जिल्लाका ८ जना जनप्रतिनिधिहरू पद रिक्त भएको छ । आयोगले बुधबार जारी गरेको सूचना अनुसार जिल्ला समन्वय समिति खोटाङका प्रमुख राई लगायत केपिलासगढी गाउँपालिकाका उपाध्यक्ष गुरुराज राई र दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाका कार्यपालिका सदस्य विरेन्द्र दर्नालको पद रिक्त भएको छ । उनीहरूले जनता समाजवादी पार्टी परित्याग गरेको सिफारिसको आधारमा पद रिक्त भएको हो ।
प्रतिक्रिया दिनुहोस
नमस्ते खोटाङ संवाददाता–खोटाङ, मङ्सिर ३–दिक्त�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, मङ्सिर २-नेपाल खे�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, कात्तिक ३०–दिक�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, कात्तिक ३०–१० औ�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, कात्तिक २७–१० औ�... ... ...
सन्चार सदन प्रालि, दिक्तेल खोटाङ
सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१५४/२०७८/७९
फोन: ०३६-४२०७००
इमेल: [email protected]
Copyright © 2026 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित