नमस्ते खोटाङ संवाददाता–
खोटाङ, मङ्सिर ५–‘प्रथम एक्सट्रिम शिखर स्पोर्टस कप–२०८३’ फुटबल प्रतियोगिताको उपाधि दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–२ सोल्माले चुमेको छ । दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–११ खार्मीस्थित शिखर स्पोर्टस क्लबको आयोजनामा घरेलु खेल मैदानमा मङ्सिर ५ गते भएको फाइनल खेलमा आयोजक खार्मीलाई ट्राइब्रेकरमा ४–२ गोल अन्तरले पन्छाउदै सोल्माले उपाधि जितेको हो ।
विजेताले एक लाख ११ हजार एक सय ११ रूपैयाँ नगद सहित ट्रफी, मेडल र प्रमाणपत्र पाएको छ । उपविजेताले ५५ हजार ५ सय ५५ सहित ट्रफी, मेडल र प्रमाणपत्रमा चित्त बुझाएको छ ।
सेमिफाइनलिस्ट बाक्सिला र टेम्माले जनही २१ हजार एक सय ११ रूपैयाँका दरले नगद सहित मेडल र प्रमाणपत्र पाएको छ । विधागततर्फ सोल्माका आशिष राई उत्कृष्ट खेलाडी घोषित भएका छन् । उनलाई पाँच हजार पाँच सय ५५ रूपैयाँ नगदले पुरस्कृत गरिएको छ । त्यस्तै उदीयमान खेलाडीमा सोल्माका हेखाम राई, उत्कृष्ट गोलरक्षकमा सोल्माकै नवीन पोखरेल, उत्कृष्ट डिफेण्डरमा खार्मीका सविन दाहाल, उत्कृष्ट मिडफिल्डरमा सोल्माका विकाश राई, उत्कृष्ट प्रशिक्षकमा सोल्माकै प्रकाश राई र सर्वाधिक गोलकर्तामा बाक्सिलाका संगम राई घोषित भएका छन् । उनीहरूलाई नगद तीन हजार तीन सय ३३ रूपैयाँका दरले पुरस्कृत गरिएको छ ।
त्यस्तै प्रतियोगिता समापनको अवसरमा खेल पत्रकारिता पुरस्कारबाट पत्रकार आत्मा राई ‘मिनाक्क्षी’ पुरस्कृत भएकी छन् । उनलाई नगद पाँच हजार पाँच सय ५५ राशीको पुरस्कारबाट पुरस्कृत गरिएको हो ।

प्रतिक्रिया दिनुहोस
नमस्ते खोटाङ संवाददाता–खोटाङ, मङ्सिर ५–‘प्र�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, मङ्सिर ४–दिक्त�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, मङ्सिर ३–दिक्त�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, मङ्सिर २-नेपाल खे�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, कात्तिक ३०–दिक�... ... ...
सन्चार सदन प्रालि, दिक्तेल खोटाङ
सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१५४/२०७८/७९
फोन: ०३६-४२०७००
इमेल: [email protected]
Copyright © 2026 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित