नमस्ते खोटाङ संवाददाता–
खोटाङ, मङ्सिर २-नेपाल खेलकुद प्रतिष्ठान खोटाङले पदक विजेता करातेका खेलाडीहरूलाई पुरस्कारको घोषणा गरेको छ । मङ्सिर २ गते जिल्ला समन्वय समिति खोटाङको सभा हलमा आयोजित खेलाडीहरूलाई पोषाक वितरण तथा विदाइ कार्यक्रमको अवसरमा प्रतिष्ठानका अध्यक्ष सञ्जयकुमार राईले घोषणा गरेका हुन् ।
राईका अनुसार प्रदेशमा स्वर्ण, कास्य र रजत पदक जित्ने करातेका खेलाडीलाई क्रमशः नगद ५ हजार, ३ हजार र २ हजार र राष्ट्रिय खेलमा स्वर्ण, कास्य र रजत जित्ने खेलाडीलाई क्रमशः नगद ३३ हजार ३ सय ३३, २२ हजार २ सय २२ र ११ हजार एक सय ११ सहित पुरस्कृत गरिने छ ।
त्यस्तै जिल्ला खेलकुद विकास समिति खोटाङले पनि विभिन्न इभेन्टमा पदक पाउनेलाई पुरस्कृत गर्ने घोषणा गरेको छ । जिल्ला खेलकुद विकास समिति खोटाङका अध्यक्ष मिलन कसजूका अनुसार प्रदेशमा इन्डिभिजुअल खेलमा स्वर्ण, कास्य र रजत पदक ल्याउने खेलाडीलाई क्रमशः नगद ४ हजार, ३ हजार र २ हजार, समूहगत खेलका लागि स्वर्ण, कास्य र रजत पदक प्राप्त गर्नेलाई क्रमशः नगद १५ हजार, १० हजार र ५ हजार, राष्ट्रिय प्रतियोगितामा इन्डिभिजुअल खेलमा स्वर्ण, कास्य र रजत पदक जित्नेलाई क्रमशः नगद १० हजार, ७ हजार र ५ हजार, समूहगत खेलमा पदक ल्याउनेलाई क्रमशः नगद ३० हजार, २० हजार र १० हजार तथा राष्ट्रिय प्रतियोगितामा टिम प्रथम, दोश्रो र तेश्रो स्थान हासिल गराउने संघलाई क्रमशः नगद ५० हजार, ४० हजार र ३० हजार सहित सम्मान गरिने कसजूले बताएका छन् ।
पुरस्कार घोषणापछि खेलाडीहरू उत्साहित भएका छन् ।
त्यस्तै खोटाङ यातायात प्रालिले प्रदेश छनौटमा सहभागी हुन जाने खेलाडीहरूलाई २० प्रतिशत भाडामा छुट दिने भएको छ । राष्ट्रिय खेलकुद प्रतियोगितामा पदक विजेतालाई दुई वर्षसम्मका लागि यातायात भाडामा ५० प्रतिशत छुट दिने भएको छ । यसबारेमा जिल्ला खेलकुद विकास समिति खोटाङ र खोटाङ यातायात प्रालि बीच संझौता भएको छ ।
प्रतिक्रिया दिनुहोस
नमस्ते खोटाङ संवाददाता–खोटाङ, मङ्सिर २-नेपाल खे�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, कात्तिक ३०–दिक�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, कात्तिक ३०–१० औ�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, कात्तिक २७–१० औ�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, कात्तिक २४–यात�... ... ...
सन्चार सदन प्रालि, दिक्तेल खोटाङ
सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१५४/२०७८/७९
फोन: ०३६-४२०७००
इमेल: [email protected]
Copyright © 2026 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित