नमस्ते खोटाङ संवाददाता–
खोटाङ, कात्तिक ३०–दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–१२ जालपास्थित जालपा माविको बहुउद्देश्यीय कभर्ड हल निर्माणका लागि खेलिएको देउसीमा करिब २६ लाख बढी सङ्कलन भएको छ । तिहारको अवसर पारेर कात्तिक १९ देखि २९ गतेसम्म विभिन्न ठाउँमा खेलिएको देउसीमा २६ लाख ७७ हजार रूपैयाँ सङ्कलन भएको हो ।
विद्यालयका शिक्षक राजेन्द्र अधिकारीका अनुसार कात्तिक २९ गते दिक्तेलमा खेलिएको देउसीमा ७ लाख ७ हजार सङ्कलन भएको छ । त्यस्तै गत कात्तिक १९ देखि २२ गतेसम्म तराईका विभिन्न ठाउँमा खेलिएको देउसीमा १८ लाख सङ्कलन भएको छ । उदयपुरको बसाहा, मोरङको विराटनगर, लेटाङ, सुनसरीको धरान, इटहरी र तरहरामा देउसी खेलिएको थियो । त्यसैगरी कात्तिक २० देखि २२ गतेसम्म जालपामा खेलिएको देउसीमा एक लाख ७० हजार गरी २६ लाख ७७ हजार रूपैयाँ सङ्कलन भएको देउसीमा सहभागी पूर्व शिक्षक अर्जुन राईले बताएका छन् ।
उक्त कभर्ड हलका लागि करिब ५० लाख लाग्ने अनुमान गरिएको प्रअ दिलबहादुर राईले बताएका छन् । ट्रष्ट भवन बनाइने भएकाले डिजानइन तथा स्टीमेटपछि कति लाग्ने भन्ने विस्तृत लागत खुल्ने राईले सुनाएका छन् । देउसीबाट सङ्कलन भएको रकम र संघ, प्रदेश तथा स्थानीय गरी तीनै तहको सरकारलाई भवन निर्माणका लागि अनुरोध गर्ने राईको भनाइ छ ।
प्रतिक्रिया दिनुहोस
नमस्ते खोटाङ संवाददाता–खोटाङ, कात्तिक ३०–दिक�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, कात्तिक ३०–१० औ�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, कात्तिक २७–१० औ�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, कात्तिक २४–यात�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, कात्तिक २०–दिक�... ... ...
सन्चार सदन प्रालि, दिक्तेल खोटाङ
सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१५४/२०७८/७९
फोन: ०३६-४२०७००
इमेल: [email protected]
Copyright © 2026 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित