नमस्ते खोटाङ संवाददाता–
खोटाङ, कात्तिक ३०–१० औं राष्ट्रिय खेलकुद प्रतियोगिताको कोशी प्रदेश पुरुष फुटबल छनौटमा खोटाङ र झापा फाइनलमा पुगेको छ । धरानको एन्फा एकेडेमीको खेल मैदानमा कात्तिक २९ गते दिउसो भएको खेलमा धनकुटालाई ३–२ ले पन्छाउदै खोटाङ र सङ्खुवासभालाई ३–० ले पराजित गर्दै झापा फाइनलमा प्रवेश गरेको हो ।
खोटाङ र धनकुटाबीच भएको खेलमा २–२ गोल भएपछि ट्राइब्रेकरमा धनकुटालाई पराजित गरेको हो । खोटाङका लागि योगेन राईले २५ औं र २९ औं मिनेटमा गोल गरेका थिए । धनकुटाका लागि दिपेन शाक्यले ११ औं मिनेटमा र निप्रम्बा राई ५०ओैं मिनेट गोल गरेको जिल्ला फुटबल संघ खोटाङका प्रवक्ता सनम राईले बताए ।
त्यस्तै सङ्खुवासभालाई ३–० ले पराजित गर्दै झापा फाइनलमा पुगेको छ । खोटाङ र झापा बीचका फाइनल खेल कात्तिक ३० गते विहान ८ बजे हुने जिल्ला खेलकुद विकास समिति खोटाङका अध्यक्ष मिलन कसजूले बताए ।
प्रतिक्रिया दिनुहोस
नमस्ते खोटाङ संवाददाता–खोटाङ, कात्तिक ३०–दिक�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, कात्तिक ३०–१० औ�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, कात्तिक २७–१० औ�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, कात्तिक २४–यात�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, कात्तिक २०–दिक�... ... ...
सन्चार सदन प्रालि, दिक्तेल खोटाङ
सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१५४/२०७८/७९
फोन: ०३६-४२०७००
इमेल: [email protected]
Copyright © 2026 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित