अभावमा परेका चेलीलाई माइतीसम्म जान निःशुल्क बाइक सेवा (भिडिओ सहित)

  • प्रकाशित मितिः कार्तिक 25, 2083
  • 44 पटक पढिएको
  • संवादताता

नमस्ते खोटाङ संवाददाता–
खोटाङ, कात्तिक २४–यातायात पहुँच बाहिरका चेलीहरूलाई माइतीसम्म पु¥याउन निःशुल्क मोटरसाइकल सेवा सुरु गरिएको छ । आर्थिक अभावका कारण यातायात पहुँच बाहिरका चेलीहरूलाई तिहारमा माइतीसम्म पु¥याउन कात्तिक २४ गतेदेखि निःशुल्क बाइकसेवा सुरु गरिएको हो ।
‘दसैं–तिहार, चेलीलाई उपहार’ अभियान अन्तरगत अभावमा परेका चेलीहरूलाई घरबाट माइतीसम्म र माइतीबाट घरसम्म पु¥याउनका लागि निःशुल्क बाइकसेवा सुरु गरिएको अभियानका संयोजक सञ्जयकुमार राईले बताए ।
अभियानको सुरु दिन कात्तिक २४ गते १८ वटा बाइक र एउटा अटोबाट एक सय ३६ जनाले सेवा पाएको अभियान सचिवालय प्रमुख निराजन ढकालले बताए । यो अभियान विगत ३ वर्षदेखि सञ्चालन गरिदै आएको राईले सुनाए । गत वर्ष ७ सय ५० र अघिल्लो वर्ष ५ सय जनाले सेवा पाएका थिए ।

प्रतिक्रिया दिनुहोस




सन्चार सदन प्रालि, दिक्तेल खोटाङ

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१५४/२०७८/७९

फोन: ०३६-४२०७००

इमेल: [email protected]

Copyright © 2026 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित