नमस्ते खोटाङ संवाददाता–
खोटाङ, कात्तिक २०–दिक्तेलस्थित दिक्तेल अङ्ग्रेजी आवाशीय माध्यमिक विद्यालयले ३५ औ वार्षिक उत्सव तथा तिहार विशेष कार्यक्रम आयोजना गरेको छ । यस अवसरमा विभिन्न कार्यक्रम आयोजना गरी वार्षिक उत्सव तथा तिहार विशेष कार्यक्रम गरेको हो ।
कात्तिक १८, १९ र २० गते विभिन्न कार्यक्रम आयोजना गरी मनाइएको उक्त विद्यालयका प्रिन्सिपल धनकर्ण श्रेष्ठले बताएका छन् । उनका अनुसार दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका भित्रका अन्तर मावि छात्र–छात्रा भलिबल प्रतियोगिता आयोजना गरिएको छ । छात्रतर्फ सरस्वती मावि प्रथम, सरस्वती मावि पाथेका दोश्रो, अन्नपूर्ण मावि बुवालुङ तेश्रो भएको छ । छात्रातर्फ जालपा मावि जालपा प्रथम, माउन्ट एभरेष्ट बोर्डिङ स्कुल दोश्रो र सरस्वती मावि तेश्रो भएको छ । प्रथम, दोश्रो र तेश्रो हुनेले क्रमशः १० हजार, ७ हजार र ५ हजार रूपैयाँका दरले नगद, ट्रफी, मेडल र प्रमाणपत्र तथा छात्रातर्फ प्रथम, दोश्रो र तेश्रो हुनेले क्रमशः ५ हजार, ३ हजार र २ हजार रूपैयाँका दरले नगद, ट्रफी, मेडल र प्रमाणपत्र पाएका छन् ।
त्यस्तै विद्यालयको आन्तरिक प्रतिष्पर्धामक कार्यक्रम अन्तरगत कक्षा ७ देखि १२ सम्मका विद्यार्थीहरूको कबडी, कक्षा ४, ५ र ६ का विद्यार्थीहरू टिटफरट्याट, कक्षा १ देखि ३ सम्मका विद्यार्थीहरूको हटपोटेटो, एलकेजी–युकेजीका विद्यार्थीहरूको म्युजिकल सर्कल, नसरीका विद्यार्थीहरूको इनआउट, आन्तारिक खुल्ला चेस, तेक्वान्दो, तहगत हाजिरी जवाफ र प्रत्येक कक्षा, प्रत्यक सेक्सनका विद्यार्थीहरुले अनिवार्य रूपमा तिहार विशेष देउसी–भैलो, सामुहिक भाइटिका, गायन, नृत्य, अभिनय, तिहार विशेष पौराणिक नृत्यु, शिक्षिकाहरूको सामुहिक नृत्य लगायतका कार्यक्रम आयोजना गरिएको हो ।
उक्त कार्यक्रमको अवसरमा उत्कृष्ट अभिभावक, शिक्षक, कर्मचारी र विद्यार्थीलाई सम्मान गरिएको छ । यसबाहेक लामो समयसम्म शिक्षण गर्ने पदमबहादुर विष्ट र विमला राईलाई दीर्घ सेवा सम्मानले सम्मानित गरिएको श्रेष्ठले बताएका छन् । २०४८ सालमा स्थापना भएको उक्त विद्यालयमा कक्षा ११–१२ मा व्यवस्थापन संकाय अन्तरगत कम्प्युटर साइन्स पढाइन्छ । उक्त विद्यालयमा करिब १८ सय विद्यार्थी र एक सय शिक्षक–कर्मचारी कार्यरत छन् । उक्त विद्यालयले एसइइ र कक्षा ११–१२ मा जिल्ला प्रथम, दोश्रो र तेश्रो सहित शतप्रतिशत विद्यार्थी उतीर्ण गराउने गरेको समेत जानकारी गराएको छ ।
प्रतिक्रिया दिनुहोस
नमस्ते खोटाङ संवाददाता–खोटाङ, कात्तिक २०–दिक�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, कात्तिक १९–जिल�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, कात्तिक १८–दिक�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, कात्तिक १७–सात�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, कात्तिक १६–मात�... ... ...
सन्चार सदन प्रालि, दिक्तेल खोटाङ
सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१५४/२०७८/७९
फोन: ०३६-४२०७००
इमेल: [email protected]
Copyright © 2026 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित