नमस्ते खोटाङ संवाददाता–
खोटाङ, भदौ ८–घर–घरै माछा पोखरी । पोखरीमा उस्सै मज्जाले खेलिरहेका माछा । यो देख्दा जो कोहीलाई ख्याल रमाइलो लाग्दैन । यो दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ सोल्मा होराखाका महिलाहरुले चलाएको पौरख हो । उनीहरुले माछापालन गरेर आसलाग्दो गरी आम्दानी सुरु गरेका हुन् ।
उनीहरुले घरैपिच्छे माछा पालन गरेका छन् । स्थानीय रुपाकोट सचेतना केन्द्र स्थापना गरी आयआर्जनका लागि माछा पालन सुरु गरेको केन्द्रकी सहसचिव अन्जना राईले बताइन् । उनका अनुसार केन्द्रमा आवद्ध १८ जनाले घरैपिच्छे माछा पालन गरेर मनग्गे आम्दानीको मेसो बसाएका हुन् । उनीहरुले पालेको माछा प्रतिकेजी सात सय रुपैया“ले विक्री हुने गरेको छ । बजारको लैजानै नपर्ने गरी घरैमा माछा किन्ने आउने गरेको राईले सुनाइन् ।
उनीहरुले कमनकार्ब, ग्रासकार्ब लगायतका जातको माछा पालन गरेको समूहकी सदस्य सजना राईले सुनाइन् । उनका अनुसार महिलाहरुको सक्रियतामै पोखरी खनिएको हो । समूहका महिलाहरुले पालैपालो गरेर सबै पोखरी खनेका हुन् । उनीहरुले पोखरी निर्माणपछि माछापालनसम्वन्धी शीप समेत सिकेको सदस्य राईले सुनाइन् । ‘अहिले राम्रै आम्दानी भइरहेको छ ।’ राईले भनिन्–‘अझ यसलाई थप व्यवस्थित गर्न सके अझ आम्दानी हुने रहेछ ।’
माछा पालनका लागि दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले तीन लाख रुपैया“ उपलब्ध गराएको सचेतना केन्द्रकी अध्यक्ष टिकाकुमारी राईले बताइन् । यसबाट उब्रिएको रकम करिव चार लाख ८० हजार मौजदात रहेको केन्द्रले जनाएको छ । उक्त रकम स्थानीय महिलाहरुलाई जिविकोपार्जनका लागि लगानी गर्ने गरेको छ । उक्त रकम एक प्रतिशतका दरले लगानी गर्ने गरेको समूहकी अध्यक्ष राईले सुनाइन् । माछा पालन लगायतका महिलाहरुलाई उद्यमशीलताका लागि नगरपालिका लगायत सम्वन्धित निकायले सहयोग गर्नु पर्ने राईको भनाई छ ।
महिलाहरुको सक्रियतामा माछापालन लगायतका अन्य उद्यमशीलताप्रति सबैले तारिफ गरेको स्थानीय सप्तमणि राईले बताए । महिलाहरुको उद्यमशीलता विकास र आत्मनिर्भरका लागि नगरपालिका लगायतका सम्वन्धित निकायले सहयोग गर्नु पर्ने राईले पनि धारणा राखे । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका प्रमुख दीपनारायण रिजालले उद्यमशीलतालाई प्रबद्धन गर्ने योजना भएकाले उनीहरुको मागको आधारमा सहयोग गर्ने बताए ।
प्रतिक्रिया दिनुहोस
नमस्ते खोटाङ संवाददाता–खोटाङ, चैत १६–खोटाङ से�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, चैत १५–खोटाङ र भ... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, चैत १४–जन्तेढु�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, चैत १४–चैत १५ गत... ... ...
खोटाङ, चैत १४–जन्तेढुङ्गा गाउँपालिकामा बाँसबाट... ... ...
सन्चार सदन प्रालि, दिक्तेल खोटाङ
फोन: ०३६-४२०७००
इमेल: [email protected]
Copyright © 2024 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित