खोटाङको बाम्राङमा लाखौंको सयपत्री फूल उत्पादन (भिडिओ सहित)

  • प्रकाशित मितिः कार्तिक 19, 2083
  • 33 पटक पढिएको
  • संवादताता

नमस्ते खोटाङ संवाददाता–
खोटाङ, कात्तिक १८–दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–३ बाम्राङमा लाखौंको सायपत्री फूल उत्पादन गरिएको छ । खोटाङ एग्रो इन्ड्रस्ट्री फर्ममा करिब ४० रोपनी जग्गामा सयपत्री फूल उत्पादन भएको हो ।
उक्त फर्ममा कार्यरत बाम्राङका लेखबहादुर रम्तेलका अनुसार तिहारमा करिब १२ हजार माला तयार गर्ने लक्ष्य राखेका छन् । यसमध्ये ९ हजार माला काठमाडौंमा र बाँकी ३ हजार माला जिल्लामै खपत हुने रम्तेलले सुनाए । यसबाट करिब ३० देखि ३६ लाख रूपैयाँसम्म आम्दानी गर्न सकिने लक्ष्य लिएको रम्तेलको भनाइ छ ।
फूल टिप्न र माला उन्न दैनिक २५–२६ खटिएको रम्तेलले सुनाए । माला उन्नेलाई प्रतिमाला ७ रूपैयाँका दरले दिइएको छ । एक जना कामदारले एक दिनमा एक सयभन्दा बढी फूलका माला तयार गर्न सक्ने भएकाले आम्दानी पनि राम्रो हुने गरेको चन्द्र केसीले बताए ।
तिहारका लागि कात्तिक १८ गते दुई हजार माला काठमाडौं पठाइएको छ । अरु पनि पठाउने क्रम जारी रहने केसीले सुनाए । उनका अनुसार केही दिन फूललाई स्टोर गरेर राख्ने र त्यसपछि बजारमा बेच्ने लक्ष्य लिइएको छ ।

प्रतिक्रिया दिनुहोस




सन्चार सदन प्रालि, दिक्तेल खोटाङ

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१५४/२०७८/७९

फोन: ०३६-४२०७००

इमेल: [email protected]

Copyright © 2026 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित