सकियो अलपत्र पुल

  • प्रकाशित मितिः भदौ २, २०७६
  • 1288 पटक पढिएको
  • संवादताता

नमस्ते खोटाङ संवाददाता–
खोटाङ, भदौ २–निर्माण कम्पनीको लापरबाहीले अलपत्र परेको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–५ लफ्याङ र साकेला गाउ“पालिका–५ मात्तिमको बीचमा पर्ने साप्सुखोला (माथिल्लो)को सडक पुल सकिएको छ । निर्माण कम्पनीले तीन वर्षदेखि अलपत्र छाडेको पुल स्थानीय जनप्रतिनिधिले हस्तक्षेप गरेर आफैले काम थालेपछि उक्त पुल सकिएको हो । 
तत्कालीन जिल्ला प्राविधिक कार्यालय मार्फत नेपाल सरकारको करिब डेढ करोड रुपैया“को लागतमा १८ महिनामा सक्ने गरी हरिहरि–गजुरमुखी जेबी कम्पनीले २०७३ बैशाखमा संझौता गरेको थियो । उक्त निर्माण कम्पनीले दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१५ का श्याम पोखरेललाई पेटी ठेक्कामा दिएपछि पुल निर्माण अलपत्र परेको थियो । 
निर्माण अलपत्र परेर बेपत्ता निर्माण कम्पनीलाई खोजेर पेटी ठेकेदारलाई हटाएर आफ्नै निग्रानीमा स्थानीय ठेकेदारलाई काम जिम्मा लगाएपछि काम सकिएको साकेला गाउ“पालिका अध्यक्ष अर्जुनकुमार खड्काले बताए । उनका अनुसार साकेला गाउ“पालिका–१ बाझेच्यानडाडा“का सुरज बस्नेतले उक्त काम सकेका हुन् । ‘ठेकेदारले अलपत्र पारेको पुल सकिएको छ ।’ अध्यक्ष खड्काले भने–‘आफैले हस्तक्षेप नगरेको भए यो पुल बन्ने नै थिएन ।’
पुल अलपत्र परेपछि साकेला गाउ“पालिका अध्यक्ष खड्का, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका प्रमुख दीपनारायण रिजाल, प्रदेशसभा सदस्य रामकुमार राई, प्रतिनिधिसभा सदस्य विशाल भट्टराई लगायतले निर्माण अलपत्रबारे ताकेता गरेका थिए । निर्माण कम्पनीलाई बेलामा काम नसके कारबाही प्रक्रिया बढाउ“ने ताकेता गरेका हुन् । यद्यपि सम्बद्ध निर्माण कम्पनी नटेरेपछि आफूहरुले निर्माणमा हस्तक्षेप गर्न वाध्य भएको खड्काले सुनाए । निर्माण अवधि सकिए पनि काम नभएपछि जनप्रतिनिधिले हस्तक्षेप गर्नु परेको प्रतिनिधिसभा सदस्य विशाल भट्टराईले बताए । ‘जनप्रतिनिधिहरुमा काम गरेन भन्ने चौतर्फी गुनासा आइरहेको बेला यो पुलको कामले भने त्यसको खण्डन गरेको छ ।’ भट्टराईले भने–‘आफ्नो क्षेत्रको विकासमा हरेक जनप्रतिनिधिले चासो दिने हो भने विकास नहुने कुरै रहदैन ।’
यसबाहेक साकेला र दिप्रुङ चुइचुम्मा जोड्ने तावाखोलाको सडक पुल भने अझै अलपत्र अवस्थामै छ । पूर्वाधार विकास विभागको करिब साडे चार करोडको लागतमा नेश्नल महावीर सिद्धिसाई जेवी कम्पनीले लिएको हो । २०७५ बैशाख २१ गते १८ महिनामा सक्ने गरी उक्त कम्पनीले संझौता गरेको थियो । उक्त कम्पनीले जिल्लास्थित निर्माण व्यवसायी कर्ण खत्रीलाई पेटी ठेक्का दिएको र उनले काम नगरेपछि अलपत्र परेको हो ।
अब यो पुल निर्माणको अवधि करिब तीन महिना मात्र बा“की छ । काम भने एक पट्टीको पिलरको जग खन्दा खन्दै छाडिएको छ । वर्षाको बहानामा काम छाडिएको हो । स्थानीयको चौतर्फी गुनासोपछि काम गरेजस्तो गरेर त्यत्तिकै छाडिएको साकेला गाउ“कार्यपालिका अध्यक्ष खड्काले बताए । यसबारेमा सम्वन्धित पक्षको ध्यानाकर्षण गराउदा समेत अटेर गरेको साकेला गाउ“पालिका अध्यक्ष खड्काले सुनाए । 
अब पनि काम नगरे ठेक्का लिने कम्पनीलाई कारबाहीको प्रक्रियाका लागि सरकारलाई अनुरोध गर्ने अध्यक्ष खड्काले बताए । ‘काम नगर्ने कम्पनीलाई कारबाही गर्न सरकारलाई लिखित अनुरोध गर्ने तयारी गरिएको छ ।’ खड्काले भने–‘मन्त्रीलाई भेटेरै पनि अनुरोध गर्ने छौं ।’
यो पुल दक्षिणीक्षेत्र जोड्ने दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका, साकेला गाउ“पालिका, दिप्रुङ चुइचुम्मा गाउ“पालिका, खोटेहाङ गाउ“पालिका, जन्तेढुङ्गा गाउ“पालिका हुदै तराईसम्म जोडिने सडकको पुल भएकाले विकासमा समेत असर पुगेको स्थानीयको गुनासो छ । पुल निर्माणको पेटी ठेक्का लिएका खोटाङका निर्माण व्यवसायी कर्ण खत्रीले भने बेलामा संझौता नहुदा काममा ढिलाई भएको दाबी गरेका छन् । संझौताको एक वर्ष बित्दा काम सुरु गरिएकाले बहाना मात्र भएको साकेला गाउ“पालिका अध्यक्ष खड्काको भनाई छ ।

 

प्रतिक्रिया दिनुहोस




सन्चार सदन प्रालि, दिक्तेल खोटाङ

फोन: ०३६-४२०७००

इमेल: [email protected]

Copyright © 2024 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित