नमस्ते खोटाङ संवाददाता–
खोटाङ, असोज २४–साकेला गाउँपालिकाले सञ्चालन गरेका सामाजिक सुरक्षा भुक्तानी शिविरको तेश्रो दिन ७७ जना लाभग्राहीलाई सामाजिक सुरक्षाभत्ता वितरण गरेको छ । लाभग्राहीलाई सुविधा दिने उद्देश्यले उक्त गाउँपालिकाको वडा नं ३ खिदिमामा असोज २४ गते भएको शिविरमा ७७ लाभग्राहीलाई १५ लाख ९६ हजार रूपैयाँ वितरण गरेको हो ।
शिविरको दोश्रो दिन असोज २३ गते उक्त गाउँपालिकाको वडा नं १ बाँझेच्यानडाडाँको डाडाँगाउँस्थित चण्डेश्वरी माविमा आयोजना गरिएको शिविरमा ९३ जना लाभग्राहीलाई १९ लाख ८ हजार रूपैयाँ वितरण गरिएको थियो । शिविरको पहिलो दिन असोज २२ गते बाँझेच्यानडाडाँको वडा कार्यालय र सेखुवाको डाडाँटोलमा भएको शिविरमा ९१ जना लाभग्राहीलाई १९ लाख ८२ हजार सामाजिक सुरक्षा भत्ता वितरण गरिएको उक्त गाउँपालिकाका सामाजिक सुरक्षा शाखाका संयोजक डिएम चाम्लिङले बताएका छन् । असोज २६ गते वडा नं २ रतन्छामा र असोज २७ गते मात्तिमबिर्तामा सामाजिक सुरक्षा भत्ता वितरण गरिने छ । वडा नं ४ मात्तिमका लाभग्राहीले भने नेपाल एसबिआइ बैंकको शाखाबाटै सामाजिक सुरक्षा भत्ता लिइरहेका छन् ।
उक्त गाउँपालिकामा एक हजार ३ सय ३४ जना लाभग्राही छन् । यसका लागि पहिलो त्रैमासिकमा एक करोड ३२ लाख निकासा भएको चाम्लिङले सुनाएका छन् । निकासा भएको रकम गाउँपालिकाले आयोजना गरेको सामाजिक सुरक्षा भत्ता वितरण शिविरमा नेपाल एसबिआइ बैंकका कर्मचारी मार्फत गाउँ–गाउँमा पुगेर वितरण गर्ने गरिएको हो ।
प्रतिक्रिया दिनुहोस
नमस्ते खोटाङ संवाददाता–खोटाङ, असोज २४–साकेला �... ... ...
जिल्ला प्रहरी कार्यालय खोटाङको अगाडि सडकमा राखिए... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, असोज २३–साकेला �... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, असोज २२–खोटाङक�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, असोज २२–साकेला �... ... ...
सन्चार सदन प्रालि, दिक्तेल खोटाङ
सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१५४/२०७८/७९
फोन: ०३६-४२०७००
इमेल: [email protected]
Copyright © 2026 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित