नमस्ते खोटाङ संवाददाता–
खोटाङ, भदौ ३१–प्रहरीले बरामत गरेको १३ सय १५ केजी गाँजा नष्ट गरेको छ । गत साउन २२ गते बरामत गरेको गाँजा भदौ ३१ गते नष्ट गरेको हो ।
प्रहरीले सूचनाको आधारमा दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–७ दोर्पाचिउरीडाडाँको वालिङस्थित मध्यपहाडी लोकमार्गको जङ्गलमा प्रदेश १–०२–००२ ख ००८३ नम्बरको ट्रक सहित साउन २२ गते नियन्त्रणमा लिएको थियो । गाडी धनी पक्राउ परेका छन् । गाँजा धनी र ड्राइभर पक्राउ पर्न बाँकी रहेको जिल्ला प्रहरी कार्यालय खोटाङका सूचना अधिकारी निराजन बस्नेतले बताए । पक्राउ पर्नेको नाम खुलाइएको छैन ।
प्रतिक्रिया दिनुहोस
नमस्ते खोटाङ संवाददाता–खोटाङ, भदौ ३१–प्रहरील�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, भदौ ३०–दिक्तेल �... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, भदौ ३०–खोटाङमा �... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, भदौ २८-नेपाली कां�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, भदौ २७–दिक्तेल �... ... ...
सन्चार सदन प्रालि, दिक्तेल खोटाङ
सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१५४/२०७८/७९
फोन: ०३६-४२०७००
इमेल: [email protected]
Copyright © 2026 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित