दिवङगतको संझनामा जीवनी र रामायण गाउँदै दिक्तेलमा गाईजात्रा मनाइयो (भिडिओ सहित)

  • प्रकाशित मितिः भदौ 13, 2083
  • 23 पटक पढिएको
  • संवादताता

सविना अछामे–
खोटाङ, भदौ १३–दिक्तेलमा नेवार समुदायले भदौ १३ गते गाईजात्रा मनाएका छन् । यस अवसरमा दिवङ्गतको सम्झना तथा उनीहरूप्रति श्रद्धान्जली अपर्ण गरिएको छ ।
यो वर्ष दिवङ्गत भएकी चन्द्रकुमारी श्रेष्ठ, तेजबहादुर बजिमय, कर्णबहादुर बजिमय, टिकादेवी राजभण्डारी सैंजू, सन्देश ताम्राकार र रोनिशा लयालुको संझना गर्दै श्रद्धान्जली अर्पण गरिएको हो । लाखे, ठाकठुकेका साथ दिवंगतको जीवनी र रामायण गाएर दिक्तेल बजार परिक्रममा गरी मुल धारामा सापारु सेलाइने इन्द्र कसजूले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस




सन्चार सदन प्रालि, दिक्तेल खोटाङ

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१५४/२०७८/७९

फोन: ०३६-४२०७००

इमेल: [email protected]

Copyright © 2026 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित