नमस्ते खोटाङ संवाददाता–
खोटाङ, भदौ १३–भोटकोशी बाढीमा परी घाइते अवस्थामा उद्धार गरिएका खोटाङका ३२ अशिम राई नुवाकोटस्थित नेपाली सेनाको ब्यारेकमा रहेको खुलेको छ । अहिलेसम्म उनका परिवार तथा आफन्त कसै पनि सम्पर्कमा नआएकाले त्यसका लागि जिल्ला प्रहरी कार्यालय खोटाङले अनुरोध गरेको छ ।
जिल्ला प्रहरी कार्यालय खोटाङका सूचना अधिकारी निराजन बस्नेतका अनुसार घाइते अवस्थामा उद्धार गरी उपचार भइरहेको तर उनको स्पष्ट ठेगाना नखुलेकाले परिवार तथा आफन्तलाई सम्पर्क गर्न अनुरोध गरिएको हो । उक्त बाढीमा परी सम्पर्क विहीन भएका अन्य ७ जना भने अझै सम्पर्कमा आएका छैनन् । ऐसेलुखर्क गाउँपालिका–७ माक्पाका ६० वर्षीय तारानाथ थापा भने सम्पर्कमा आएका छन् ।
प्रतिक्रिया दिनुहोस
नमस्ते खोटाङ संवाददाता–खोटाङ, भदौ १३–भोटकोशी �... ... ...
सविना अछामे–खोटाङ, भदौ १२-कुटपिटबाट खोटाङको केप�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, भदौ १२–खोटाङमा �... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, भदौ ११–भोटेकोस�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, भदौ ९–बेवारिसे �... ... ...
सन्चार सदन प्रालि, दिक्तेल खोटाङ
सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१५४/२०७८/७९
फोन: ०३६-४२०७००
इमेल: [email protected]
Copyright © 2026 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित