कुटपिटबाट शिक्षकको मृत्यु

  • प्रकाशित मितिः भदौ 12, 2083
  • 387 पटक पढिएको
  • संवादताता

सविना अछामे–
खोटाङ, भदौ १२-कुटपिटबाट खोटाङको केपिलासगढी गाउँपालिका–७ सुङ्देलस्थित सूर्य माध्यमिक विद्यालयका शिक्षक भानुभक्त राईको मृत्यु भएको छ । धार्मिक तथा पर्यटकीयस्थल सालपा पोखरी क्षेत्रमा शिक्षक राईको भदौ ११ गते राती कुटपिटबाट मृत्यु भएको हो ।
उक्त विद्यालयका प्रधानाध्यापक ललितचन्द्र राईका अनुसार तीन दिन विद्यालय बिदा भएकाले सङ्खुवासभा पुगेर फर्किने भन्दै राई बिहीबार गाउँबाट हिडेका थिए । जनैपूर्णीमा तथा ऋषितर्पणीको अवसरमा सालपा पोखरीमा लाग्ने मेला भर्न त्यहाँ बसेको बेला राती करिब १२ बजे कुटपिटबाट मृत्यु भएको राईले सुनाएका छन् ।
घटना भएको क्षेत्र भोजपुर जिल्ला रहेकाले प्रहरी निरीक्षकको टोली घटनास्थलमा खटिएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ । घटनाको बारेमा विस्तृत जानकारी आइनसकेको प्रहरीले जनाएको छ । राईको मृत्युपछि उनकी श्रीमती लगायत आफन्तहरू घटनास्थलतर्फ गएको राईले जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस




सन्चार सदन प्रालि, दिक्तेल खोटाङ

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१५४/२०७८/७९

फोन: ०३६-४२०७००

इमेल: [email protected]

Copyright © 2026 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित