ट्याक्टर दुर्घटनामा १ जनाको मृत्यु, १९ जना घाइते

  • प्रकाशित मितिः भदौ 12, 2083
  • 18 पटक पढिएको
  • संवादताता

नमस्ते खोटाङ संवाददाता–
खोटाङ, भदौ १२–खोटाङमा ट्याक्टर दुर्घटना हुदा एक जनाको मृत्यु भएको छ । जनै पूर्णीमाको अवसरमा दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–६ नेर्पास्थित भुलभुलमा लागेको मेला भरेर दिक्तेल फर्कने क्रममा नेर्पाको छेपेखोलामा भदौ १२ गते दिउसो २ बजे ना ५ त ४५५५ नम्बरको ट्याक्टर दुर्घटनामा दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–५ लफ्याङका १४ वर्षीय दिवस परियारको मृत्यु भएको हो ।
उनको जिल्ला अस्पतालमा उपचार हुन नसकेपछि काठमाडौं लैजाने क्रममा बाटैमा मृत्यु भएको प्रहरीले जनाएको छ । अन्य १९ घाइतेलाई पनि काठमाडौं लगिदै गरेको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी नायव उपरीक्षक प्रकाश बुढाथोकीले बताएका छन् । घाइतेमध्ये दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका ५ लफ्याङका ४५ वर्षीय सविन तिरुवा, ९ वर्षी योनिश विक, ३५ वर्षीया विमला विश्वकर्माको अवस्था गम्भिर रहेको प्रहरीले जनाएको छ । मृतकको शव जिल्ला अस्पतालमा राखिएको छ । चालक ओखलढुङ्गा शिद्धिचरण नगरपालिका–७ का २३ वर्षीय रिनिमा सेर्पा प्रहरीको नियन्त्रणमा रहेको डिएसपी बुढाथोकीले सुनाए ।

प्रतिक्रिया दिनुहोस




सन्चार सदन प्रालि, दिक्तेल खोटाङ

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१५४/२०७८/७९

फोन: ०३६-४२०७००

इमेल: [email protected]

Copyright © 2026 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित