नमस्ते खोटाङ संवाददाता–
खोटाङ, भदौ ५–जिल्ला सदरमुकाम दिक्तेलस्थित हस्पिटल चोकमा ऐतिहासिक चौतारो मासेको विषयमा ५ वर्षदेखि सुरु विवाद अझै समाधान हुन सकेको छैन । साविक दिक्तेल गाविस–२ र ३ मा पर्ने हस्पिटल चौकस्थित कित्ता नं. २९६ मा पर्ने ऐतिहासिक चौतारो स्थानीय नारायणकाजी श्रेष्ठ र भीमकुमारी गुरुङले मासेपछि सुरु भएको विवाद अझै समाधान नभएको हो ।
चौतारोसंगै जोडिएको श्रेष्ठ र गुरुङको संयुक्त नाममा रहेको कित्ता नम्बर ८८४ र ८८६ को ५ आना ३ पैसा ३ दाम क्षेत्रफलको जग्गामा घर बनाउन खडेरी सम्याउदा ७ आना ३ दाम २ पैसा क्षेत्रफल भएको चौतारो समेत भत्काइएको थियो । नारायणकाजी र भीमकुमारी ससुरा बुहारी हुन् । उक्त चौतारो भएको ठाउँलाई निजी आँगनको रूपमा प्रयोग गरिएकाले सार्वजनिक तथा ऐतिहासिक स्थल मासेको भन्दै प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय अन्तरगत हेल्लो सरकार, जिल्ला प्रशासन कार्यालय खोटाङ, दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका, भूमि प्रशासन कार्यालय खोटाङ र नापी कार्यालय खोटाङमा निवेदन दिएको दिक्तेल बजार सामाजिक गुठीका अध्यक्ष विष्णुकुमार श्रेष्ठले बताए ।
उक्त चौतारो नेवार समुदायको संस्कार संस्कृतिसंग जोडिएको भएकाले संरक्षण गर्नु पर्नेमा भत्काएर निजी आँगनको रूपमा प्रयोग गरिएकाले उजुरी गर्नु परेको श्रेष्ठले बताए । श्रेष्ठका अनुसार नेवार समुदायको मृत्यु संस्कार, लाखे जात्राको सापारु सेलाउदाजस्ता सांस्कृतिक गतिविधि त्यही चौतारोमा हुने गरेको थियो । तर चौतारो भत्काइएपछि उक्त सांस्कृतिक गतिविधि गर्न समस्या आएको श्रेष्ठको भनाइ छ ।
चौतारोमा भएको ठाउँको बर–पिपल स्थानीयको आग्रहमा नगरपालिकाले काटेको र नगरपालिकाकै अनुमतिमा चौतारो पनि भत्काइएको स्थानीय सनमान खड्काले बताए । त्यसपछि घर बनाउनका लागि चार किल्ला प्रमाणित, नक्सा पास र इजजात समेत पाएको र त्यसैको आधारमा घर बनाएको भीमकुमारी गुरुङले सुनाइन् ।
सार्वजनिक तथा ऐतिहासिक सम्पदा मास्ने गरी सिफारिस तथा स्वीकृति दिनेमा संलग्नहरू विरुद्ध समेत अख्तियार र अदालतमा समेत उजुरी दिने तयारी गरिएको श्रेष्ठले सुनाए । चौतारो भत्काएर आँगन बनाएको ठाउँमै नेवार समुदायले मृत्यु संस्कार गर्दै आएका छन् । तर घर धनी श्रेष्ठ र गुरुङले गाली गलौज गर्ने गरेकाले असहज भएको विष्णुकुमार श्रेष्ठको भनाइ छ । गुरुङले भने मृत्यु संस्कार गर्दा अवरोध नगरेको र चौतारो भएको ठाउँमा ट्रष्टवाला घर बनाउन खोजेकाले त्यसलाई भने अवरोध गरेको बताइन् ।
हेल्लो सरकार निर्देशनपछि विवाद मिलाउन पटक–पटक छलफल गर्दा समेत समस्या समाधान हुन नसकेको प्रमुख जिल्ला अधिकारी रेखा कँडेलले सुनाइन् । अझै पनि प्रयास जारी भएको प्रजिअको भनाइ छ ।
दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाको न्यायिक समितिको २०८१ भदौ ७ गतेको निर्णयले विवाद चौतारो भएको सार्वजनिक ठाउँको संरक्षण र उपभोगको अधिकार दिक्तेल बजार सामाजिक गुठीलाई थिएको थियो । त्यसपछि नगरपासलिकाको निर्णय विरुद्ध गत साउन २१ गते जिल्ला अदालत खोटाङमा मुद्दा दायर गरिएको नारायणकाजी श्रेष्ठले बताए ।
उक्त ठाउँमै रहेको कित्ता नम्बर १११२ को ९ आना २ पैसा क्षेत्रफलको जग्गामा सार्वजनिक धारा आसपासको सार्वजनिक जग्गा समेत अतिक्रमण गरेर घर बनाएको स्थानीयको गुनासो छ । यस विषयमा सम्वन्धित निकायले चासो नदिएको समेत उनीहरूको गुनासो छ ।
प्रतिक्रिया दिनुहोस
नमस्ते खोटाङ संवाददाता–खोटाङ, भदौ ५–जिल्ला सद�... ... ...
सविना अछामे–खोटाङ, भदौ १–खोटाङका विभिन्न ठाउँ�... ... ...
सविना अछामे–खोटाङ, साउन २५–विश्व प्रशिद्ध हले�... ... ...
सविना अछामे–खोटाङ, साउन २२–हलेसीको ट्राफिक चो�... ... ...
सविना अछामे–खोटाङ, साउन १८–दिक्तेल रूपाकोट मझ�... ... ...
सन्चार सदन प्रालि, दिक्तेल खोटाङ
सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१५४/२०७८/७९
फोन: ०३६-४२०७००
इमेल: [email protected]
Copyright © 2026 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित