‘प्रहरीले पत्रकार सम्मेलन गरी नावालकको नाम सार्वजनिक गर्नु गलत हो’ : अधिवक्ता घिमिरे (भिडिओ सहित)

  • प्रकाशित मितिः असार 30, 2083
  • 148 पटक पढिएको
  • संवादताता

नमस्ते खोटाङ संवाददाता–
खोटाङ, असार ३०–भरुवा बन्दुक सहित पक्राउ परेका खोटाङका दुई मध्ये एक नाबालकलाई प्रहरीले बाल न्याय प्रणाली विपरित पत्रकार सम्मेलन गरी नाम सार्वजनिक गरेको अधिवक्ता ओमप्रकाश घिरिेले बताएका छन् । जन्तेढुङ्गा गाउँपालिका–५ चिसापानीकी ७३ वर्षीया दिलमायाँ बुढाथोकीलाई भरुवा बन्दुक देखाएको आरोपमा पक्राउ परेका साङ्केतिक नाम ३० को नाम सार्वजनिक गरिएकाले कानुन विपरितका क्रियाकला भएको घिमिरेले बताएका हुन् ।
उनीहरूलाई असार १५ गते पक्राउ गरी जिल्ला प्रहरी कार्यालय खोटाङमा गत असार १७ गते पत्रकार सम्मेलन गरी घटनाको बारेमा जानकारी गराइएको थियो । बालबालिकासम्वन्धी महासन्धि १९८९, बालबालिकासम्वन्धी ऐन २०७५ र नेपालको संविधानको धारा ३९ विपरित प्रहरीले नाम सार्वजनिक गरी कानुन उलङ्घन गरेको घिमिरेको भनाइ छ । यसका साथै नाबालकलाई कानुन विपरित हतकडी सहित अदालतमा ल्याएको समेत घिमिरेले जनाएका छन् ।
प्रहरी नायव उपरीक्षक प्रकाश बुढाथोकीले भने सुरुमा स्थानीयको आधारमा जाहेरी टिपोर्टमा अन्दाजी १९ वर्षको भन्ने आएको र पछि नागरिकता हेर्दा नाबालक भएकाले जाहेरी नै परिवर्तन गरेको बताएका छन् । पत्रकार सम्मेलनमा नाम उल्लेख गरे पनि आरोपित व्यक्तिलाई उपस्थित नगराइएको समेत बुढाथोकीले बताए ।
उक्त नाबालकलाई असार २९ गते अभिभावकलाई जिम्मा लगाइएको छ भने उक्त घटनामा संलग्न (३० क) एक लाख ५० हजार धरौटीमा छाडिएको छ । जिल्ला न्यायधिस फडिन्द्रप्रसाद पराजुलीको एकल इजलासले उनीहरूलाई छाडिएको हो ।

प्रतिक्रिया दिनुहोस




सन्चार सदन प्रालि, दिक्तेल खोटाङ

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१५४/२०७८/७९

फोन: ०३६-४२०७००

इमेल: [email protected]

Copyright © 2026 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित