उत्कृष्ट विद्यार्थी, विद्यालय र पत्रकारलाई सम्मान

  • प्रकाशित मितिः असार 21, 2083
  • 111 पटक पढिएको
  • संवादताता

नमस्ते खोटाङ संवाददाता–
खोटाङ, असार २१–साकेला गाउँपालिकाले एसइयमा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थी र विद्यालयलाई नगद पुरस्कारसहित सम्मान गरेको छ । गाउँपालिकाले असार २१ गते आयोजना गरेको एक कार्यक्रममा उत्कृष्ट विद्यार्थी, विद्यालयलाई नगद पुरस्कार सहित सम्मानपत्र गरेको हो ।
२०८२ को एसइइ परीक्षामा साकेला गाउँपालिकाभित्र सबैभन्दा बढी ३.१८ जिपिए ल्याएर प्रथम हुने सरस्वती माध्यमिक विद्यालय मात्तिमकी कृषा राईलाई नगद ५० हजार सहित सम्मानपत्र प्रदान गरिएको छ । त्यस्तै ३.१५ जिपिए ल्याएर दोस्रो हुने चण्डेश्वरी माध्यमिक विद्यालय डाडाँगाउँकी छात्रा मार्टिना राईलाई नगद ३० हजार र ३.१२ ल्याएर तेश्रो हुने उक्त विद्यालयकै दिपसुहाङ राईलाई नगद २० हजार सहित सम्मानपत्र प्रदान गरिएको छ ।
यस्तै ३.०७ जिपिए प्राप्त गर्ने बालबालिका माध्यमिक विद्यालय नौलाखर्ककी पविना राई र राधाकृष्ण माध्यमिक विद्यालय, बाँझेच्यानडाँडाकी सन्धिका राईलाई जनही ५ हजार नगद सहित सम्मानपत्र प्रदान गरी सम्मान गरिएको छ ।
विद्यालयतर्फ एसइइ परीक्षामा सहभागी विद्यार्थीको उत्तीर्ण प्रतिशतका आधारमा उत्कृष्ट नतिजा ल्याउने विद्यालयलाई पनि पुरस्कृत गरिएको छ । ८८.८९ प्रतिशत उत्तीर्ण गराई प्रथम हुने सरस्वती माध्यमिक विद्यालय मात्तिमलाई ५० हजार, ७२.७२ प्रतिशत सहित दोस्रो हुने राधाकृष्ण माध्यमिक विद्यालय बाँझेच्यानडाँडालाई ३० हजार, ६२.०२ प्रतिशत सहित तेस्रो हुने सिद्धेश्वरी माध्यमिक विद्यालय खिदिमालाई २० हजार तथा ५७.१४ प्रतिशत उत्तीर्ण गराई सान्त्वना स्थान हासिल गर्ने साकेला माध्यमिक विद्यालय, रतन्छालाई १० हजार सहित सम्मान गरिएको छ ।
यसैगरी व्यवसायिक पत्रकारितामार्फत निष्पक्ष र जिम्मेवार कलम चलाएको योगदानको कदर गर्दै समायोजन खबर मिडिया ग्रुपका सञ्चालक तथा नेपाल पत्रकार महासंघ खोटाङका उपाध्यक्ष चिसाङ शेर्पालाई नगद २५ हजारसहित सम्मानपत्र प्रदान गरी सम्मान गरिएको छ । साथै समग्र सञ्चार क्षेत्रलाई विश्वसनीय, मर्यादित र प्रभावकारी बनाउन समन्वयात्मक भूमिका निर्वाह गरेको भन्दै नेपाल पत्रकार महासंघ जिल्ला शाखा खोटाङलाई दोसल्ला र सम्मानपत्रद्वारा सम्मान गरिएको छ ।


सम्मान तथा पुरस्कार वितरण कार्यक्रम गाउँपालिका अध्यक्ष रविप्रकाश राईको प्रमुख आतिथ्यता, उपाध्यक्ष बिर्सिका राईको विशेष आतिथ्यता तथा प्रमुख प्रशासकीय अधिकृत अर्जुन राईको सभापतित्वमा सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहोस




सन्चार सदन प्रालि, दिक्तेल खोटाङ

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१५४/२०७८/७९

फोन: ०३६-४२०७००

इमेल: [email protected]

Copyright © 2026 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित