प्रदेशको बजेट साकेला गाउ“पालिका केन्द्रित

  • प्रकाशित मितिः असार २३, २०७६
  • 1209 पटक पढिएको
  • संवादताता

नमस्ते खोटाङ संवाददाता-
खोटाङ, असार २३ –जिल्लाको दश पालिकामध्ये प्रदेश १ को बजेट साकेला गाउ“पालिका केन्द्रित भएको छ । आगामी आर्थिक वर्ष २०७६÷७७ का लागि झण्डै दुई दर्जन योजनाहरु परेको हो ।
साकेला गाउ“पालिका प्रमुख अर्जुनकुमार खड्काका अनुसार २२ वटा योजना प्रदेश सरकारले प्रकाशन गरेको रेडबुकमा समावेश गरिएको हो । यसअनुसार साकेला गाउ“पालिका–२ रतन्छामा मात्र चार वटा भवनमा लागि बजेट विनियोजन भएको छ । दारुलाटार कभर्डहल, मदन भण्डारी स्पोर्टस् हल, विचारी राजनसुर स्मृति भवन र सामुदायिक भवनका लागि दश–दश लाख बजेट विनियोजन भएको छ । उक्त वडामै च्याप्दोम्मा सिचाइ योजना, वाकुर्तुम सिचाइ योजना, बेलिया थोपा सिचाइ योजना लगायतका योजना परेको गाउ“पालिका अध्यक्ष खड्काले सुनाए ।
साकेला गाउ“पालिका–४ मानेभन्ज्याङमा चोह्याङ्गा गुम्बा, एकीकृत वस्ती तथा बजार व्यवस्थापन, नौलाखर्क–आहाले–छागेखोला सडक स्तरोन्नति, साकेला गाउ“पालिका–३ खिदीमामा तावाभन्ज्याङ शहिद स्तम्भ, रेन्बोट्राउट पालन, साकेला गाउ“पालिका–१ बा“झेच्यानडाडा“मा साप्सुखोला भालुखोप सिचाइ योजना, साकेला गाउ“पालिका–४ र ५ मात्तिममा धङ्गेरी केला सिचाइ योजना, हावाखोला नाचिमा सिचाइ कुलो आयोजना, वायम्मा सिचाइ कुलो योजना पारिएको छ । उक्त योजनाहरु दश लाखदेखि ३२ लाख रुपैया“को भएको खड्काले जनाए ।
यसबाहेक कृषि बाली विज्ञान भवन ३० लाख, साकेला पार्क निर्माणमा एक करोड २५ (क्रमागत), मानेभन्ज्याङ सामुदायिक भवन दुई करोड, चखेवाभन्ज्याङ–मपारुङ–मानेभन्ज्याङ पदमार्ग ५० लाख (क्रमागत), दिक्तेल–साप्सु–मानेभन्ज्याङ–पानधारे सडक पा“च करोड, पिनालाखा स्टील ट्रष्ट पुल तीस लाख, रतन्छा–मात्तिम खानेपानी तथा सरसफाइ योजना ५० लाख रुपैया“को बजेट विनियोजन गरिएको छ । कात्तिके–सोस्तुम–रतन्छा–बा“झेच्यानडाडा“–चखेवा सडकमा पनि बजेट विनियोजन गरिएको अध्यक्ष खड्काले जनाए । प्राप्त बजेट तथा कार्यक्रम अनुसार गुणस्तरीय विकासमा कन्जुस्याइ नहुने खड्काले दाबी गरे ।
उक्त पालिका प्रदेशसभा सदस्य रामकुमार राई र प्रदेश नं १ का भौतिक योजना मन्त्रालयका पूर्व मुख्य सचिव सागर राईको गृह पालिका हो । दुबै जनाको घर साकेला गाउ“पालिकाको वडा नं–२ रतन्छा हो ।

प्रतिक्रिया दिनुहोस




सन्चार सदन प्रालि, दिक्तेल खोटाङ

फोन: ०३६-४२०७००

इमेल: [email protected]

Copyright © 2024 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित