नमस्ते खोटाङ संवाददाता–
खोटाङ, असार १७–सामुदायिक विद्यालयको शिक्षण प्रणालीलाई समयसापेक्ष, प्रविधिमैत्री र व्यवहारिक बनाउने उद्देश्यले खोटाङको साकेला गाउँपालिकाले नमूना डिजिटल शिक्षा तालिम दिएको छ । उक्त गाउँपालिकाका ६ वटा माविलाई डिजिटल माध्यमबाट पठनपाठन गराउन उक्त तालिम दिएको हो ।
पहिलो चरणमा ६ माविका कक्षा ६ देखि १२ सम्मका शिक्षक–शिक्षिकालाई डिजिटल शिक्षण विधि, स्मार्ट बोर्डको प्रयोग, अन्तरक्रियात्मक कक्षा सञ्चालन तथा आधुनिक प्रविधिमा आधारित शिक्षण प्रणालीबारे क्षमता विकासका लागि तालिम दिएको हो । क्रमैसंग उक्त पालिकाका २८ वटै सामुदायिक विद्यालयमा डिजिटल शिक्षा विस्तार गर्ने समेत गाउँपालिका अध्यक्ष रविप्रकाश राईले बताए ।
डिजिटल शिक्षाअन्तर्गत विद्यार्थीलाई परम्परागत पाठ्यपुस्तकमा सीमित नराखी भिडियो, एनिमेसन, त्रिआयामिक (३म्) सामग्री, डिजिटल प्रस्तुति तथा कृत्रिम बुद्धिमत्ता (ब्क्ष्) को सहायताबाट सिकाइलाई थप प्रभावकारी बनाइने राईले सुनाए । उक्त शिक्षण प्रणालीमा विद्यालयको स्थानीय पाठ्यक्रमसंगै खगोल विज्ञान, पृथ्वी र ब्रह्माण्डको उत्पत्ति तथा विकाससम्बन्धी वैज्ञानिक सिद्धान्त, समयको अवधारणा, मानव सभ्यताको विकासक्रम, वातावरणीय चेतना, विज्ञान, प्रविधि, स्थानीय इतिहास, संस्कार, संस्कृति र समसामयिक ज्ञानलाई डिजिटल सामग्रीमार्फत अध्ययन गराइने गाउँपालिकाले जनाएको छ । गाउँपालिकाका अनुसार उक्त विषयहरूलाई वैज्ञानिक अध्ययन, अनुसन्धान र प्रमाणमा आधारित सिकाइ प्रक्रियासंग जोडिने छ । ४ दिनसम्म भएको तालिम असार १७ गते समापन भएको हो ।
प्रतिक्रिया दिनुहोस
नमस्ते खोटाङ संवाददाता–खोटाङ, असार १७–सामुदा�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, असार १७–बन्दुक �... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, असार १४–पहरा �... ... ...
नमस्ते खोटाङ संवाददाता– खोटाङ, असार १४–दिक्ते... ... ...
सविना अछामे–खोटाङ, असार १२–जिल्ला खेलकुद विका�... ... ...
सन्चार सदन प्रालि, दिक्तेल खोटाङ
सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१५४/२०७८/७९
फोन: ०३६-४२०७००
इमेल: [email protected]
Copyright © 2026 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित