जैविक विविधतालाई प्राथमिकता राख्दै नीति तथा कार्यक्रम प्रस्तुत (भिडिओ सहित)

  • प्रकाशित मितिः असार 9, 2083
  • 53 पटक पढिएको
  • संवादताता

नमस्ते खोटाङ संवाददाता–
खोटाङ, असार ९–जैविक विविधता संरक्षणलाई मुख्य प्राथमिकतामा राख्दै दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाले नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ । असार ९ गते भएको १५ औं नगरसभामा नगर प्रमुख तीर्थराज भट्टराईले नीति तथा कार्यक्रम पेश गरेका हुन् ।
जलवायुमैत्री सडक निर्माण, स्वस्थ माटो तथा कृषि उत्पादन, पर्यटन प्रबद्र्धन, उद्योगको विकास लगायतलाई प्राथमिकता दिदै नीति तथा कार्यक्रम प्रस्तुत गरिएको नगरप्रमुख भट्टराईले बताएका छन् । सडक निर्माण गर्दा जैविक विविधतामा असर पुग्ने भएकाले त्यसलाई असर नपर्ने गरी विरुवा रोपण लगायत वातावरण मैत्री योजना बनाएर नीति तथा कार्यक्रम पेश गरिएको भट्टराईले जनाएका छन् । उनका अनुसार खाली तथा भिरालो जग्गाहरूमा बाँस रोप्नका लागि अनुदानको समेत व्यवस्था गरिएको छ ।
जलवायुमैत्री कृषि उत्पादनको माध्यमबाट समृद्धि हासिल गर्ने, जैविक विविधतायुक्त पर्यटन प्रबद्र्धन र वातावरणमैत्री उद्योग विकास गर्ने नीति प्रस्तुत गरिएको भट्टराईको भनाइ छ । नगरक्षेत्रभित्र प्लाष्टिक झोला प्रयोग र विक्रीमा प्रतिबन्ध गर्ने, शिशामा प्याकिङ गरिएका वियरका बोतल व्यवस्थापन जस्ता विषय नीति तथा कार्यक्रममा समावेश गरिएको छ । कृषि हानिकारकको रूपमा देखिएको बाँदर हेरालु लगायतको व्यवस्था गरिने भट्टराईले बताएका छन् ।
यसका साथै स्वस्थ तथा पोषणयुक्त खानपान जस्ता विषयहरूलाई नीति बनाइएको भट्टराईले सुनाए । उक्त नगरपालिकाको आयोजनामा गत २०८१ फागुन १५ देखि १७ गतेसम्म दिक्तेलमा भएको प्रथम राष्ट्रिय बाँस सम्मेलनमा जारी गरिएको ३५ बुदे घोषणापत्र र गत बैशाख ४ देखि ६ गतेसम्म भएको जैविक विविधता रेडपाण्डा तथा थार अन्तर्राष्ट्रि««य सम्मेलनमा जारी गरिएको ७ बुँदे घोषणापत्रलाई समेत कार्यान्वयन गर्ने गरी नीति तथा कार्यक्रम प्रस्तुत गरिएको भट्टराईको भनाइ छ । नेपाल लगायतका विभिन्न ७ वटा मुलुकका जैविक विविधतासंग सम्वन्धित विज्ञहरू सहभागी सम्मेलनले उक्त घोषणापत्र तयार पारेको थियो । यसका साथै नगरसभामा जेष्ठ पत्रकार पेन्सन दिने नीति समेत प्रस्तुत गरिएको छ । तर यसका लागि बजेट भने आगामी १६ गते पारित गरिने दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाका उपप्रमुख विसन राईले बताए ।
यसका साथै सडक, पुल लगायत भौतिक पूर्वाधार सहित अन्य कार्यक्रममा आगामी २०८३÷८४ का लागि ९९ करोड ७३ लाख ६४ हजार १३ रूपैयाँ ७० पैसाको बजेट प्रस्तुत गरिएको छ ।

प्रतिक्रिया दिनुहोस




सन्चार सदन प्रालि, दिक्तेल खोटाङ

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१५४/२०७८/७९

फोन: ०३६-४२०७००

इमेल: [email protected]

Copyright © 2026 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित