नमस्ते खोटाङ संवाददाता–
खोटाङ, असार ५–हलेसी तुवाचुङ नगरपालिकालाई पूर्ण खोप सुनिश्चितता दिगोपना घोषणा गरिएको छ । उक्त नगरपालिकाका ९ सय ९ बालबालिकाले सबै प्रकारका खोप पूरा गरेपछि असार ५ गते पूर्ण खोप सुनिश्चितता दिगोपना घोषणा गरिएको हो ।
हलेसी तुवाचुङ नगरपालिकाका प्रवक्ता कमल गिरीका अनुसार ११ महिनासम्मका दुई सय ९२, १२ देखि १५ महिनासम्मका एक सय १२, १६ देखि २३ महिनासम्मका १ सय ५०, २४ देखि ५९ महिनासम्मका ७ सय ५९ र १५ देखि ५९ महिनासम्मका ९ सय ९ बालबालिकाले सबै प्रकारका खोप पाएका हुन् । जिल्ला समन्वय समिति खोटाङका प्रमुख सनबहादुर राईले पूर्ण खोप सुनिश्चितता दिगोपना घोषणा गरेका हुन् ।
उक्त कार्यक्रमकै अवसर पारेर उक्त नगरपालिकामा अध्ययनरत उत्कृष्ट विद्यार्थीलाई पुरस्कृत गरिएको छ । एसइइमा ३.३५ जिपिए ल्याएर नगर उत्कृष्ट हुने हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थानस्थित महेन्द्रोदय माविका इहाङ राईलाई नगद ३० हजार सहित पुरस्कृत गरिएको छ । त्यस्तै ३.३२ जिपिए ल्याएर दोश्रो हुने हलेसी तुवाचुङ नगरपालिका–११ राजापानीस्थित ज्योति माविका नवीन श्रेष्ठलाई नगद २० हजार सहित पुरस्कृत गरिएको छ ।
त्यसै गरी कक्षा ९ मा ३.५६ जिपिए ल्याएर नगर उत्कृष्ट हुने हलेसी तुवाचुङ नगरपालिका–१ बाहुनीडाडाँस्थित मालिकादेवी माविकी खुसी राईलाई १० हजार र ३.५० जिपिए ल्याएर दोश्रो हुने उक्त नगरपालिका–८ धितुङस्थित बुलापन्थे माविकी अनमिका राईलाई ५ हजार नगद सहित पुरस्कृत गरिएको छ ।
कक्षा ८ मा ३.८१ जिपिए ल्याएर नगर प्रथम हुने बाहुनीडाडाँस्थित दूधकोसी आधारभूत विद्यालयकी सोनिका राईलाई नगद १० हजार र ३.५८ जिपिए ल्याएर दोश्रो हुने बुलापन्थे माविकै निशन राईलाई नगद ५ हजार सहित पुरस्कृत गरिएको छ ।
कक्षा ७ मा ३.५१ जिपिए ल्याएर प्रथम हुने बाहुनीडाडाँस्थित कालिका माविका धनिराम राईलाई नगद १० र ३.४८ जिपिए ल्याएर दोश्रो हुने उक्त नगरपालिका–४ बडहरेस्थित लक्ष्मी माविकी ग्रिष्मा दाहाललाई नगद ५ हजार सहित पुरस्कृत गरिएको छ ।
कक्षा ६ मा ३.५२ जिपिए ल्याएर प्रथम हुने धितुङ बुलापन्थे माविका अनायश राईलाई नगद १० हजार, ३.५१ जिपिए ल्याएर दोश्रो हुने बडहरेस्थित शान्ति आधारभूत विद्यालयकी काजल विश्वकर्मालाई नगद ५ हजार सहित पुरस्कृत गरिएको छ ।
कक्षा ५ मा ४ जिपिए ल्याएर प्रथम हुने बडहरेस्थित दूधकोशी आधारभूत विद्यालयकी कविता माझीलाई नगद १० हजार र ३.७५ जिपिए ल्याएर दोश्रो हुने उक्त विद्यालयकै सुस्तम माझीलाई नगद ५ हजार सहित पुरस्कृत गरिएको छ ।
कक्षा ४ मा ३.५४ जिपिए ल्याएर नगरप्रथम हुने बडहरेस्थित बोझेओढार आधारभूत विद्यालयका तायुमी राईलाई नगद १० हजार र ३.५८ जिपिए ल्याएर दोश्रो हुने उक्त नगरपालिका–१० अर्खौलेस्थित सरस्वती माविका आर्डिहाङ राईलाई नगद ५ हजार सहित पुरस्कृत गरिएको गिरीले सुनाएका छन् ।
प्रतिक्रिया दिनुहोस
नमस्ते खोटाङ संवाददाता–खोटाङ, असार ५–हलेसी तु�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, असार ५–मुन्दुम �... ... ...
तीर्थराज भट्टराई- काठमाडौंको व्यस्तता, मन्त्राल�... ... ...
सविना अछामे–खोटाङ, असार ३–खेलकुदको बजेट अनियम�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, जेठ ३१–हलेसी तु�... ... ...
सन्चार सदन प्रालि, दिक्तेल खोटाङ
सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१५४/२०७८/७९
फोन: ०३६-४२०७००
इमेल: [email protected]
Copyright © 2026 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित