नमस्ते खोटाङ संवाददाता–
खोटाङ, जेठ २३–दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–८ बुवालुङस्थित पङखुखोलामा बाढीले मध्यपहाडी लोकमार्ग बगाएपछि सडक अवरुद्ध भएको छ । जेठ २२ गते बेलुकीकोे बाढीले सडक बगाएपछि अबरुद्ध भएको हो ।
सडक बगाएपछि भोजपुरबाट काठमाडौं र भोजपुरतर्फ जादै गरेको बस, सुमो र मोटरसाइकल यात्री अलपत्र परेको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–९ का वडाअध्यक्ष दिनेश कठायतले बताए । सडक खुलाउनका लागि दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाको डोजर झिकाइएको कठायतले बताएका छन् । सडक खुल्न समय लाग्ने उनको भनाइ छ । ‘सडक बनाउन नगरपालिकाको डोजर झिकाइएको छ,’ कठायतले भने–‘सडक बनाउनु पर्ने भएकाले समय लाग्छ ।’
प्रतिक्रिया दिनुहोस
नमस्ते खोटाङ संवाददाता–खोटाङ, जेठ २३–जिल्लाक�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, जेठ २३–दिक्तेल �... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, जेठ २२–जिल्लाक�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, जेठ २१–दिखुवा ख�... ... ...
नमस्ते खोटाङ संवाददाता– खोटाङ, जेठ २०–श्रम सं�... ... ...
सन्चार सदन प्रालि, दिक्तेल खोटाङ
सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१५४/२०७८/७९
फोन: ०३६-४२०७००
इमेल: [email protected]
Copyright © 2026 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित