खोटाङमा बाढीले ब्रेकर बगायो

  • प्रकाशित मितिः जेठ २२, २०८३
  • 7 पटक पढिएको
  • संवादताता

नमस्ते खोटाङ संवाददाता–
खोटाङ, जेठ २२–जिल्लाको साप्सु खोलामा जेठ २२ गते दिउसो आएको बाढीले एउटा ब्रेकर बगाएको छ । दिउँसोको मुसल्धारे वर्षापछि आएको बाढीले दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–९ निर्मलीडाडाँ र साकेला गाउँपालिका–१ बाँझेच्यानडाडाँको बीचमा पर्ने साप्सु खोलामा आएको बाढीले मध्यपहाडी लोकमार्ग निर्माणमा काम गरिरहेको एउटा ब्रेकर बगाएको हो ।
मध्यपहाडी लोकमार्ग अन्तरगत दिक्तेल–चखेवा सडक खण्डमा काम गरिरहेको धनकुटास्थित दोभान निर्माण सेवाको ब्रेकर बाढीले बगाएको निर्मलीडाडाँका वडाअध्यक्ष दिनेश कठायतले बताए । उक्त सडक खण्डमा ग्याविन वाल, प्लम वाल लगायतको कामका लागि प्रयोग भइरहेको ब्रेकर बगाएको हो । उक्त सडक खण्डकै कामका लागि प्रयोग हुदै आएको स्काभेटरलाई भने बाढीबाट निकालिएको छ । त्यस्तै निर्मलीडाडाँमा लगाइएको काठको पुल पनि बगाएको छ । शुक्रबारको वर्षाले कति क्षति भयो भन्ने विवरण आइनसकेको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस




सन्चार सदन प्रालि, दिक्तेल खोटाङ

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१५४/२०७८/७९

फोन: ०३६-४२०७००

इमेल: [email protected]

Copyright © 2026 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित