नमस्ते खोटाङ संवाददाता–
खोटाङ, जेठ १८–प्रधानमन्त्री बालेन्द्र साहको पुत्ला दहन भएको छ । जिल्लास्थित विद्यार्थी संगठनहरूले जेठ १८ गते साँझ दिक्तेलको किरात चौकमा पुत्ला दहन गरेका हुन् ।
लिम्पियाधुरा, लिपुलेक र कालापानी लगायत नेपाली भूमिमा भारतीय अतिक्रमण जारी रहेको बेला प्रधानमन्त्रीबाट आएको अभिव्यक्तिले राष्ट्रिय स्वाधीनता, सार्वभौमिकता र भौगोलिक अखण्डतामाथि चोट पुगेको भन्दै संसदमा बोलेको अभिव्यक्ति तत्काल फिर्ता लिन, नेपाली जनतासमक्ष सार्वजनिक रूपमा माफी माग्न र आफ्नो धारणा सच्याउन माग गर्दै पुत्ला दहन गरेको नेपाल विद्यार्थी संघ खोटाङका अध्यक्ष मोतिचन्द्र राईले बताएका छन् । मागलाई बेवास्ता गर्दै अभिव्यक्ति फिर्ता, जनतासमक्ष माफी नमागे राष्ट्रहित र राष्ट्रिय स्वाधीनताको पक्षमा विद्यार्थी, युवा तथा आम जनताले सशक्त प्रतिरोध गर्ने अखिल क्रान्तिकारी खोटाङका अध्यक्ष डार्विन चाम्लिङले जनाएका छन् ।
प्रधानमन्त्रीको अभिव्यक्ति विरुद्ध सोमबार खोटाङकी प्रमुख जिल्ला अधिकारी रेखाँ कडेलसमक्ष ज्ञापनपत्र समेत बुझाएका छन् । उक्त ज्ञापनपत्र नेवि संघ खोटाडका अध्यक्ष मोतीचन्द्र राई, अनेरास्ववियु खोटाङकी अध्यक्ष सुशिला तिमिल्सेना, अखिल (क्रान्तिकारी) खोटाडका अध्यक्ष डर्विन चाम्लिङ राई र अनेरास्ववियू खोटाडका सचिव रेश्जन राईद्वारा हस्ताक्षर गरेका छन् ।
प्रतिक्रिया दिनुहोस
नमस्ते खोटाङ संवाददाता–खोटाङ, जेठ १८–प्रधानम�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, जेठ १८–प्रधानम�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, जेठ १४–पूर्वाध�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, जेठ १४–लाउडा वि�... ... ...
सविना अछामे–खोटाङ, जेठ १२–दिप्रुङ चुइचुम्मा ग�... ... ...
सन्चार सदन प्रालि, दिक्तेल खोटाङ
सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१५४/२०७८/७९
फोन: ०३६-४२०७००
इमेल: [email protected]
Copyright © 2026 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित