शिक्षा, स्वास्थ्य र पूर्वाधारलाई प्राथमिकता

  • प्रकाशित मितिः असार १६, २०७६
  • 2194 पटक पढिएको
  • संवादताता

भूमिका न्यौपाने–
खोटाङ, असार १६–शिक्षा, स्वास्थ्य, सडक लगायतका पूर्वाधारलाई प्राथमिकतामा दिदै खोटेहाङ गाउ“पालिकाको गाउ“सभाले नीति, बजेट तथा कार्यक्रम प्रस्तुत गरेको छ । असार १६ गते उद्घाटन पा“चौ गाउ“सभामा ३६ करोड ५५ लाख ४९ हजार बढीको बजेट प्रस्तुत गरिएको छ ।
‘समन्वयमा आधारित खोटेहाङ, दीगो विकास र समृद्धि हाम्रो अभियान’ भन्ने मुल नाराका साथ गाउ“सभामा शिक्षा, स्वास्थ्य, सडक लगायतका पूर्वाधार विकासलाई जोड दिदै खोटेहाङ गाउ“पालिका उपाध्यक्ष कविता राईले यत्तिको बजेट प्रस्तुत गरेकी हुन् । सबै वडामा सडक पुगेकाले त्यसको स्तरोन्नति, शिक्षामा गुणस्तर विकास, स्वास्थ्यमा सबैको पहु“च विस्तार गर्ने लक्ष्यका साथ बजेट प्रस्तुत गरिएको छ ।
जनताको समृद्धिका लागि निर्माण हुने विभिन्न खाले विकासे कार्यक्रमहरुको गुणस्तर, समयावधिमै निर्माण सम्पन्नका लागि सबैले जोड दिनु पर्ने प्रमुख अतिथि तथा प्रतिनिधिसभा सदस्य विशाल भट्टराईले बताए । सबैले विकासको अनुभूति गर्ने गरी विकासका कार्यक्रम विस्तारका लागि पहल गर्ने भट्टराईले आश्वासन दिए ।
नेकपा खोटाङका अध्यक्ष देवान चाम्लिङ ‘पृथ्वी’ले जनताले अनुभूति गर्ने विकासको आवश्यकता भएकाले स्थानीय सरकारले त्यसै अनुसारको विकासमा जोड दिनु पर्ने बताए । कार्यक्रममा भगवती दीनानाथ क्याम्पस प्रमुख कुमार पराजुली, सिम्पानी क्याम्पसका प्रमुख कृष्णश्री राई लगायतले समेत धारणा राखेका थिए ।

प्रतिक्रिया दिनुहोस




सन्चार सदन प्रालि, दिक्तेल खोटाङ

फोन: ०३६-४२०७००

इमेल: [email protected]

Copyright © 2024 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित