सविना अछामे–
खोटाङ, जेठ ३–तेश्रो बृहत खोटाङ हलेसी खेलकुद साहित्यिक तथा पर्यटन महोत्सवको अवसरमा आयोजित १५ वर्षमाथिको खुला महिला १० किलोमिटर दौडको उपाधि केपिलासगढीकी दिर्पा बस्नेतले चुमेकी छन् । नेपाल खेलकुद प्रतिष्ठानको आयोजनामा जेठ ३ गते सम्पन्न प्रतियोगितामा नेपाली सेनाकी जानुका राउत दोश्रो र सेनाकै मनिता खड्का तेश्रो भएकी छन् ।
उक्त प्रतियोगितामा प्रथम, दोश्रो र तेश्रो हुनेले क्रमशः १५ हजार, १० हजार र ७ हजार नगद सहित ट्रफी, मेडल र प्रमाणपत्र पाएका छन् । त्यस्तै १५ वर्षमाथिको खुला पुरुष १० किलोमिटर दौडमा ताप्लेजुङका अमिर लिम्बु प्रथम, खोटाङका गजेन्द्र राई दोश्रो र सोलुखुम्बुका रुद्रधन कुलुङ तेश्रो भएका छन् । उक्त दौडमा प्रथम, दोश्रो र तेश्रो हुनेले क्रमशः १५ हजार, १० हजार र ७ हजार नगद सहित ट्रफी, मेडल र प्रमाणपत्र पाएका छन् ।
३५ वर्षमाथिको राजनीतिज्ञ, जनप्रतिनिधि, पत्रकार, कर्मचारी, शिक्षक र व्यवसायीको ७ किलोमिटर दौडमा उदयपुरका अनन्त राई प्रथम, सुनसरीका विमानसिं तामाङ दोश्रो र खोटाङका शिवप्रसाद राई तेश्रो भएका छन् । प्रथम, दोश्रो र तेश्रो हुनेलाई क्रमशः १५ हजार, १० हजार र ७ हजार नगद, ट्रफी मेडल र प्रमाणपत्र प्रदान गरिएको प्रतिष्ठानका सचिव मिलन कसजूले बताएका छन् ।
आमाहरूको ५ किलोमिटर दौडमा विजयखर्ककी जमुना कटवाल प्रथम, एपिएफकी रोजिना राई दौश्रो र बुवालुङकी भीमकुमारी आचार्य तेश्रो भएकी छन् । प्रथम, दोश्रो र तेश्रो हुनेले क्रमशः ५ हजार ५ सय ५५, ४ हजार ४ सय ४४ र ३ हजार ३ सय ३३ रूपैयाँ नगद सहित ट्रफी, मेडल र प्रमाणपत्र पाएका छन् । ५५ वर्षमाथिको पुरुष २ किलोमिटर दौड खोटाङका धनिराम राई प्रथम, खोटाङकै बिचारी तामाङ दोश्रो र काठमाडौंका बुद्धवीर लामा तेश्रो भएका छन् । प्रथम, दोश्रो र तेश्रो हुनेले क्रमशः ५ हजार ५ सय, ३ हजार ५ सय, २ हजार ५ सय नगद सहित ट्रफी, मेडल र प्रमाणपत्र पाएका छन् ।
त्यसैगरी १० वर्षमुनिको छात्रा एक माइल दौडमा जालपा माविकी अपेक्षा राई प्रथम, सरस्वती मावि दिक्तेलकी युना राई दोश्रो र श्रीमावि बास्बोटेकी श्रद्धा राई तेश्रो भएकी छन् । त्यस्तै एक माइल दौडमा छात्रतर्फ जालपा माविका अनिल राई प्रथम, श्रीमावि बास्बोटेका अजय श्रेष्ठ दोश्रो र दिक्तेल इङ्लिस सेकेण्डरी बोर्डिङ स्कुलका रविसन खत्री तेश्रो भएका छन् । १० वर्षमुनिको छात्रा छात्र एक माइल दौडमा प्रथम, दोश्रो र तेश्रो हुनेले क्रमशः ३ हजार, २ हजार र १ हजार नगद सहित ट्रफी, मेडल र प्रमाणपत्र पाएका छन् ।
१२ वर्षमुनिको ३ किलोमिटर दौड छात्रातर्फ श्रीमावि बास्बोटे लफ्याङकी मन्दिरा श्रेष्ठ प्रथम, श्रीमावि बास्बोटे लफ्याङकै एलिसा कटवाल दोश्रो र खोटेहाङ–६ इन्द्रेणीपोखरीकी रक्षा विश्वकर्मा तेश्रो भएकी छन् । त्यस्तै छात्रतर्फको ३ किलोमिटर दौडमा निर्मलीडाडाँका निसान केसी प्रथम, रावाबेसी १ कुभिण्डेस्थित कालिका आधारभूत विद्यालयका दर्शन राई दोश्रो र उक्त विद्यालयकै एन्जल राई तेश्रो भएका छन् । १२ वर्षमुनिको छात्र छात्रा ३ किलोमिटर दौडमा प्रथम, दोश्रो र तेश्रो हुनेले क्रमशः ५ हजार, ३ हजार र २ हजार नगद सहित ट्रफी, मेडल र प्रमाणपत्र पाएका छन् ।
१२ देखि १५ वर्षमुनिको छात्रा ७ किलोमिटर दौडमा सितला मावि खाल्लेकी अस्मिता कटवाल प्रथम, खोटेहाङ–६ इन्द्रेणीपोखरीकी लक्ष्मी राई दोश्रो र दिक्तेलकी कविता आचार्य तेश्रो भएकी छन् । छात्रतर्फको ७ किलोमिटर दौडमा भोजपुर हतुवागढी–९ का सम्पत राई प्रथम, दिप्रुङ चुइचुम्मा–६ सप्तेश्वर छितापोखरीका न्युजल राई दोश्रो र नेर्पाका धिरज राई तेश्रो भएका छन् । १२ देखि १५ वर्षमुनिको छात्र–छात्रा ७ किलोमिटर दौडमा प्रथम, दोश्रो र तेश्रो हुनेलाई क्रमशः ७ हजार ५ सय, ६ हजार ५ सय र ५ हजार ५ सय नगद सहित ट्रफी मेडल र प्रमाणपत्र प्रदान गरिएको कसजूले सुनाएका छन् ।
महोत्सवको अवसरमा पत्रकारिताको क्षेत्रबाट खेलकुदलाई उल्लेख्य योगदान पु¥याउने नमस्ते खोटाङकी सविना अछामे र जनप्रतिनिधिहरूको तर्फबाट खेलकुदको क्षेत्रमा योगदान पु¥याउने दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–५ लफ्याङका वडाअध्यक्ष दिनेशकुमार घिमिरेलाई नगद ११ हजार एक सय ११ रूपैयाँ सहित सम्मान गरिएको छ । महोत्वसको मुल समितिका संयोजक तथा जिल्ला समन्वय समिति खोटाङका प्रमुख सनबहादुर राईको अध्यक्षतामा भएको कार्यक्रम दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाका प्रमुख तीर्थराज भट्टराईको प्रमुख आतिथ्यतामा भएको भएको हो ।
तेश्रो बृहत खोटाङ हलेसी खेलकुद साहित्यिक तथा पर्यटन महोत्सव अन्तरगत बुद्धिचाल जेठ ६ गते र खुला राष्ट्रिय साहित्य महोत्सव जेठ ९ गते हुने आयोजकले जनाएको छ । साहित्य महोत्सवमा साहित्य क्षेत्रमा ख्याति कमाएका राष्ट्रियस्तरका साहित्यकारहरू सहभागी हुने छन् ।
प्रतिक्रिया दिनुहोस
सविना अछामे–खोटाङ, जेठ ३–तेश्रो बृहत खोटाङ हले... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, जेठ २–नेपाल पत्�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख ३१–दिक्त�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख २९–जिल्ल�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख २४–हलेसी �... ... ...
सन्चार सदन प्रालि, दिक्तेल खोटाङ
सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१५४/२०७८/७९
फोन: ०३६-४२०७००
इमेल: [email protected]
Copyright © 2026 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित