भारी वर्षाका कारण दुर्घटना तथा जनधनको क्षति हुन सक्ने भन्दै सवारी साधन चलाउन रोक

  • प्रकाशित मितिः साउन 2, 2083
  • 57 पटक पढिएको
  • संवादताता

नमस्ते खोटाङ संवाददाता–
खोटाङ, साउन २–जिल्ला प्रशासन कार्यालय खोटाङले भारी वर्षाका कारण दुर्घटना तथा जनधनको क्षति हुन सक्ने सम्भावना भएकाले साउन २ गते साँझ ७ बजेदेखि साउन ३ गते विहान ५ बजेसम्मका लागि यातायात चलाउन रोक लगाएको छ । मध्यपहाडी लोकमार्ग अन्तरगत चखेवा–दिक्तेल–जयरामघाट सडक र सहायक सडकहरूमा आपतकालीन सवारी साधन बाहेक अन्य सवारी साधन चलाउन रोक लगाएको हो ।
खोटाङकी प्रमुख जिल्ला अधिकारी रेखा कँडेलले साउन २ गते सूचना जारी गर्दै उक्त जानकारी गराएकी हुन् । आपतकालीन अवस्था परी सवारी साधन चलाउनु परे जिल्ला प्रहरी कार्यालय खोटाङका प्रमुख प्रहरी नायव उपरीक्षक प्रकाश बुढाथोकीको मोबाइल नम्बर ९८५२८०५५५५ मा फोन गर्न समेत सूचना उल्लेख गरिएको छ ।

प्रतिक्रिया दिनुहोस




सन्चार सदन प्रालि, दिक्तेल खोटाङ

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१५४/२०७८/७९

फोन: ०३६-४२०७००

इमेल: [email protected]

Copyright © 2026 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित