सविना अछामे–
खोटाङ, साउन ५–खोटाङमा ८३.२३ प्रतिशत धान रोपाइ सकिएको छ । जिल्लामा धान खेती हुने १० हजार १८.०९ हेक्टरमध्ये साउन ४ गतेसमम ८३.२३ प्रतिशत धान रोपिएको हो ।
कृषि ज्ञान केन्द्र खोटाङका सहायक बाली संरक्षण अधिकृत हरिनारायण राईका अनुसार दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकामा ३ हजार ५ सय हेक्टरमध्ये ९० प्रतिशत, हलेसी तुवाचुङ नगरपालिकामा एक सय २० हेक्टरमध्ये ३० प्रतिशत, जन्तेढुङ्गा गाउँपालिकामा २ सय ४०.९६ हेक्टरमध्ये ३६ प्रतिशत, बाराहापोखरी गाउँपालिकामा ६ सय ५७ हेक्टरमध्ये ७५ प्रतिशत धान रोपिएको छ ।
त्यस्तै खोटेहाङ गाउँपालिकामा १२ सय हेक्टरमध्ये ७५ प्रतिशत, दिप्रुङ चुइचुम्मा गाउँपालिकामा १२ सय हेक्टरमध्ये ७५ प्रतिशत, साकेला गाउँपालिकामा ८ सय हेक्टरमध्ये ७५ प्रतिशत, रावाबेसी गाउँपालिकामा ८ सय ५० हेक्टरमध्ये ८२ प्रतिशत, ऐसेलुखर्क गाउँपालिकामा १०००.१३ हेक्टरमध्ये ८९ प्रतिशत र केपिलासगढी गाउँपालिकामा ४ सय ५० हेक्टरमध्ये ९२ प्रतिशत धान रोपिएको छ । गत वर्ष साउन ४ गतेसम्म ८२.६८ प्रतिशत रोपाइ भएको थियो ।
यो वर्ष पानी पुगेकाले बेलैमा रोपाइ सकिएको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेलको तारानाथ आचार्यले बताएका छन् ।
प्रतिक्रिया दिनुहोस
सविना अछामे–खोटाङ, साउन ५–खोटाङमा ८३.२३ प्रतिश... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, साउन २–जिल्ला प�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, असार ३२–दिक्ते�... ... ...
सविना अछामे–खोटाङ, असार ३१–कारागार कार्यालय ख�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, असार ३१–ती दाजु&... ... ...
सन्चार सदन प्रालि, दिक्तेल खोटाङ
सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१५४/२०७८/७९
फोन: ०३६-४२०७००
इमेल: [email protected]
Copyright © 2026 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित