नमस्ते खोटाङ संवाददाता–
खोटाङ, असार ३२–दिक्तेल रत्नपार्कमा इलोक्ट्रोनिक्स पसल र होटलमा चोरी भएको छ । असार ३२ गते विहानको राती करिब पौने ३ बजेतिर लक्ष्मी एण्ड दिब्या इलोक्ट्रोनिक्स पसलबाट ३ तोला सुन, नगद २८ हजार ५ सय रूपैयाँ सहित करिब ८ लाख ७५ हजार बराबरको धनमाल चोरी भएको हो ।
उक्त पसलमा असार ३२ गते विहानको २ बजेर ४५ मिनेटमा चोरी गर्ने व्यक्ति पसेको सिसि क्यामेरामा देखिन्छ । त्यसपछि सिसि क्यामेरालाई छोपेर चोरी गरेको देखिन्छ । उक्त पसल लक्ष्मी श्रेष्ठ पोखरेलले सञ्चालन गरेकी हुन् ।
त्यस्तै उक्त पसलसंगैं जोडिएको जालपाली होटलबाट नगद २० हजार चोरी भएको होटल सञ्चालक विमला श्रेष्ठको भनाइ छ । विमला र लक्ष्मी दिदी बहिनी हुन् । घटनास्थलमा प्रहरी आएर अनुगमन गरेको श्रेष्ठले सुनाएकी छन् । जिल्ला प्रहरी कार्यालय खोटाङका सूचना अधिकारी प्रहरी निरीक्षक निराजन बस्नेतले भने उक्त घटनाको बारेमा आधिकारिक निवेदन नआएको बताएका छन् । इलेक्ट्रोनिक्स पसलका सञ्चालक काठमाडौंमा भएकाले आएपछि निवेदन दिने जानकारी पाएको बस्नेतले सुनाएका छन् ।
प्रतिक्रिया दिनुहोस
नमस्ते खोटाङ संवाददाता–खोटाङ, असार ३२–दिक्ते�... ... ...
सविना अछामे–खोटाङ, असार ३१–कारागार कार्यालय ख�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, असार ३१–ती दाजु&... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, असार ३०–भरुवा ब�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, असार २५–दिप्रु�... ... ...
सन्चार सदन प्रालि, दिक्तेल खोटाङ
सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१५४/२०७८/७९
फोन: ०३६-४२०७००
इमेल: [email protected]
Copyright © 2026 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित