नमस्ते खोटाङ संवाददाता–
खोटाङ, साउन १०–केपिलासगढी गाउँपालिका–५ सप्तेश्वरको सिंगो गाउँ पहिरोको जोखिममा परेको छ । स्थानीय बाछेर्कुको पहिरोल चिउरीडाडाँ, बरबोट, हल्कुडाडाँ र डाडाँगाउँका २६ घर परिवार जोखिममा परेको हो ।
स्थानीय तथा पूर्व वडाअध्यक्ष खगेन्द्र राईका अनुसार वर्षेनी जमिन भासिदै आएकाले अजम्बरी आमा समूहको भवन लगायत २६ घर परिवार पहिरोको जोमिखमा परेका हुन् । पहिरोले स्थानीय मनकुमार परियार, खड्ग परियार लगायत विस्थापित भएका छन् । वर्षामासमा विस्तारै जमिन भासिनुका साथै त्यसले अन्य क्षेत्रमा पनि तान्दै लगेकाले दिनहुजसो जोखिम बढ्दै गएको राईको भनाइ छ । उनका अनुसार स्थानीय जसबहादुर दर्जी, देवबहादुर राई जोखिममा परेका छन् । त्यस्तै चिउरीखर्कका नवराज राई, रामकाजी राई, नरेश राई, पूर्णबहादुर राई, पूर्णबहादुर राई ‘त्रिताल’, इश्वर राई, कृष्णकुमार राई, जुद्धबहादुर राई, शम्भु राई, उमेश राई, मनकमाुरी राई लगायतको घर प्रभावित भएको छ ।
त्यस्तै स्थानीय हल्कुडाडाँका परीधन राई, रघुबहादुर राई, श्रीप्रसाद राई, शहरमणि राईको घर पनि प्रभावित भएको छ । बरबोटका पदमकुमार राई, हरिचन्द्र राई, ढाकमशेर राई, चतुरभक्त राई, गणेशभक्त राई, खगन्द्र राईको घर पनि प्रभावित भएको राईले सुनाएका छन् । पहिरोको जोखिम बढेपछि सिंगो गाउँलाई नै असर परेको वडाअध्यक्ष हिमालभक्त राईले बताए । गत वर्ष पनि रोड खन्ने क्रममा पहिरोले केही घर क्षति पुगेको राईले सुनाएका छन् । यो वर्ष पहिरोले गर्दा स्थानीयलाई समस्यामा पारेको राईको भनाइ छ ।
यसबाहेक हर्लुङ–जालपा–सप्तेश्वर बाक्सिला सडकमा पनि क्षति पुगेको थियो । थर्पुडाडाँ माविका प्रअ पर्शु राईका अनुसार गत वर्ष बरबोट र चिउरीखर्क बीचमा सडक भासिएपछि मर्मत गरेर सडक सञ्चालनमा ल्याइएको हो । यो क्षेत्रमा पहिलेदेखि नै पहिरो गइरहने भएकाले दीर्घकालीन रूपमा योजना बनाउनु पर्ने देखिन्छ ।
प्रतिक्रिया दिनुहोस
नमस्ते खोटाङ संवाददाता–खोटाङ, साउन १०–केपिला�... ... ...
सविना अछामे–खोटाङ, साउन ५–खोटाङमा ८३.२३ प्रतिश... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, साउन २–जिल्ला प�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, असार ३२–दिक्ते�... ... ...
सविना अछामे–खोटाङ, असार ३१–कारागार कार्यालय ख�... ... ...
सन्चार सदन प्रालि, दिक्तेल खोटाङ
सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१५४/२०७८/७९
फोन: ०३६-४२०७००
इमेल: [email protected]
Copyright © 2026 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित