खोटाङ कारागारका कैदीको मृत्यु

  • प्रकाशित मितिः असार 31, 2083
  • 188 पटक पढिएको
  • संवादताता

सविना अछामे–
खोटाङ, असार ३१–कारागार कार्यालय खोटाङका एक कैदीको मृत्यु भएको छ । सवारी ज्यान मुद्दामा जेल जीवन बिताइरहेका साकेला गाउँपालिका–४ मात्तिमका २४ वर्षीय निसान राईको मृत्यु भएको हो ।
गए राती करिब १२ः५५ बजेतिर बेहोस अवस्थामा फेला परेका उनको जिल्ला अस्पताल पु¥याउनासाथ राती १ बजेर ५७ मिनेटमा मृत घोषित भएको कारागारका सूचना अधिकारी कपिन्द्र कठायतले बताएका छन् । मृतक राईले मलाई पनि राती फुटबल हेर्न बोलाउनु है भनेर सुतेको र फुटबल सुरु भएपछि बोलाउदा बेहोस् अवस्थामा भेटिएपछि अस्पताल पु¥याउदा मृत्यु घोषित भएको कठायतले सुनाएका छन् ।
२०७७ फागुन १६ गते जिल्ला अदालत खोटाङ र २०७८ चैत ७ गतेको उच्च अदालत विराटनगरको अस्थायी इजलास ओखलढुङ्गाको फैसलाले राई २०८१ साउन २४ गते कारागार चलान भएका थिए । उनले दुई वर्ष जेल र २० हजार जरिवानाको फैसला सुनाएको थियो । राईको आगामी साउन ११ गते जेल अवधि समाप्त हुदै थियो ।

प्रतिक्रिया दिनुहोस




सन्चार सदन प्रालि, दिक्तेल खोटाङ

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१५४/२०७८/७९

फोन: ०३६-४२०७००

इमेल: [email protected]

Copyright © 2026 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित