छैटौं सोल्मा अन्तर वडा कप फुटबलको उपाधि बाहुनीडाडाँलाई (भिडिओ सहित)

  • प्रकाशित मितिः वैशाख १२, २०८३
  • 131 पटक पढिएको
  • संवादताता

नमस्ते खोटाङ संवाददाता–
खोटाङ, बैशाख १२–दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–२ सोल्मा खेलमैदानमा बैशाख १२ गते सम्पन्न छैटौ सोल्मा अन्तर वडा कप फुटबल प्रतियोगिताको उपाधि बाहुनीडाडाँले चुमेको छ । मात्तिमलाई पेनाल्टी सुटआउटमा ५–३ ले हराउदै उपाधि चुमेको हो ।
विजेता बाहुनीडाडाँले एक लाख ११ हजार १ सय ११ रूपैयाँ नगद सहित ट्रफी, मेडल र प्रमाणपत्र पाएको छ । उपविजेता मात्तिमले ६६ हजार ६ सय ६६ रूपैयाँ नगद सहित ट्रफी, मेडल र प्रमाणपत्र पाउने छ । सेमिफाइनलिष्ट इन्द्रेणीपोखरी र बाम्राङले नगद २५ हजार ५ सय ५५ रूपैयाँ सहित मेडल र प्रमाणपत्र पाएका छन् ।
प्रतियोगिताको विधागतर्फ सर्वोत्कृष्ट खेलाडी बाहुनीडाडाँका तिलक खड्का घोषित भएका छन् । उनले ५ हजार ५ सय ५५ रूपैयाँ नगद सहित ट्रफी, मेडल र प्रमाणपत्र पाएका छन् । त्यस्तै बेष्ट किपरमा बाहुनीडाडाँका सुजल परियार, बेष्ट डिफेण्डर मात्तिमका प्रतिक कटवाल, बेष्ट मिडफिल्डर मात्तिमकै युसन राई, हाइस्कोरर बाहुनीडाडाँका डिकेन राई, बेष्ट कोच बाहुनीडाडाँकै दिपेन्द्र राई र राइजिङ प्लेयरमा सोल्माका दिप्सन राई घोषित भएका छन् । उनीहरूलाई जनही दुई हजार २ सय २२ रूपैयाँका दरले नगद सहित ट्रफी, मेडल र प्रमाणपत्र दिइएको सोल्मा स्पोर्टस् क्लवका सहसचिव अम्मर श्रेष्ठले बताएका छन् । खेलको समापन समारोहमा नमस्ते खोटाङ डटकमकी पत्रकार सविना अछामेलाई नगद ५ हजार ५ सय ५५ रूपैयाँ सहित प्रमाणपत्रले सम्मान गरिएको छ । त्यस्तै अन्य विभिन्न क्षेत्रमा योगदान पु¥याउनेहरूलाई सम्मान समेत गरिएको छ ।

प्रतिक्रिया दिनुहोस




सन्चार सदन प्रालि, दिक्तेल खोटाङ

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१५४/२०७८/७९

फोन: ०३६-४२०७००

इमेल: [email protected]

Copyright © 2026 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित