नमस्ते खोटाङ संवाददाता–
खोटाङ, बैशाख १२–दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–१४ बुइपामा निर्माण गरिएको ११० फिट अग्लो यलम्बरको सालिकको उद्घाटन कोशी प्रदेश पर्यटन वन तथा वातावरण मन्त्री भीम पराजुली र किरात राई यायोक्खा केन्द्रीय अध्यक्ष जीवन हाताछोले गर्ने भएका छन् । दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाको आयोजनामा आगामी बैशाख १७ गते उक्त सालिकको उद्घाटन हुने भएको हो ।
दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–१४ बुइपाका वडाअध्यक्ष दिनेश राईले श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङबाट उद्घाटन गर्ने बैशाख ९ गते पत्रकार सम्मेलन गरी जानकारी गराए पनि नगरकार्यपालिकाको शनिबारको बैठकले पराजुली र हाताछोबाट उद्घाटन गर्ने निर्णय गरेको हो ।
बैशाख १२ गते दिउसो सर्वदलीय बैठक र त्यसपछिको कार्यपालिकाको बैठकले उक्त निर्णय गरेको नगरप्रमुख भट्टराईले बैशाख १२ गते बेलुकी पत्रकार सम्मेलन आयोजना गरी जानकारी गराएका हुन् । उक्त सालिक कोशी प्रदेश ७० र स्थानीय तहको ३० प्रतिशत गरी ११ करोड ४९ लाख २३ हजार १ सय ५४ रूपैयाँको बजेटमा निर्माण भएको हो । उमा तुवाचुङ अन्सुली जेभीले ११ करोड ५८ लाख १६ हजार चार सय ४१ रूपैयाँको बजेटमा १८ महिनाभित्र सक्ने गरी २०७८ असार २८ गते संझौता गरेको थियो । तर डिजाइनका कारण बेलामा काम नसकिदा पटक–पटक म्याद थपिदै आएको थियो । गत वर्ष काम सम्पन्नपछि भुक्तानी समेत भइसकेको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाका सूचना अधिकारी मोहनकुमार भट्टराईले बताएका छन् ।
निर्माण सम्पन्नपछि कोशी प्रदेशका मुख्य मन्त्री हिकमतकुमार कार्कीबाट गत जेठ १८ गते उद्घाटन गर्ने योजना बनाइए पनि पहिचानपक्षधरहरूले अबरोध गरेका थिए । कोशी प्रदेश नामाङ्कनको पक्षमा हस्ताक्षर गर्ने कोशी प्रदेशका ८२ सांसदहरू र पहिचान पक्षधरहरूको विरुद्धमा उभिने तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली, महेश बस्नेत र योगेश भट्टराई गरी ८५ जनाको हातबाट उद्घाटन गर्न नहुने भन्दै किरात राई यायोक्खाले दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकालाई पत्राचार गरिएको थियो । त्यसपछि उद्घाटन रोकिएको थियो ।
प्रतिक्रिया दिनुहोस
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १२–सोल्म�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १२–दिक्त�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १२–दिक्त�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १०–पूर्व�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १०-श्रम संस�... ... ...
सन्चार सदन प्रालि, दिक्तेल खोटाङ
सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१५४/२०७८/७९
फोन: ०३६-४२०७००
इमेल: [email protected]
Copyright © 2026 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित