छैटौं सोल्मा अन्तर वडा कप फुटबल प्रतियोगितामा सोल्मा र बाँझेच्यानडाडाँको विजयी सुरुवात (भिडिओ सहित)

  • प्रकाशित मितिः वैशाख ८, २०८३
  • 118 पटक पढिएको
  • संवादताता

नमस्ते खोटाङ संवाददाता–
खोटाङ, बैशाख ८–दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–२ सोल्मामा आयोजित छैटौ सोल्मा अन्तर वडा कप फुटबल प्रतियोगितामा सोल्मा र बाँझेच्यानडाडाले विजयी सुरुवात गरेको छ । बैशाख ८ गते सुरु प्रतियोगितामा नेर्पालाई पेनाल्टी सुटआउटमा ४–३ ले हराउदै सोल्मा, र दोर्पाचिउरीडाडाँलाई २–१ ले पराजित गर्दै बाँझेच्यानडाडाले विजयी सुरुवात गरेको हो ।
पहिलो दिनको खेलमा सोल्माका नवीन पोखरेल म्यान अफ द म्याच घोषित भएका छन् । आयोजक सोल्मा स्पोर्टस् क्ववका सहसचिव अम्मर श्रेष्ठका अनुसार बैशाख ९ गतेको पहिलो खेल खार्मी र डिकुवा, दोश्रो खेल रतन्छा र अर्खौले, तेश्रो खेल इन्द्रेणीपोखरी र दिक्तेल, चौथो खेल बाहुनीडाडाँ र बुइपा बीच हुने छ । मात्तिम र बाम्राङले बाइ पाउदै सिधै अर्को चरणमा प्रवेश गरेको छ । प्रतियोगिताको फाइनल खेल बैशाख १२ हुने श्रेष्ठले बताएका छन् ।
प्रतियोगिताको विजताले एक लाख ११ हजार १ सय ११ रूपैयाँ नगद सहित ट्रफी, मेडल र प्रमाणपत्र पाउने छ । उपविजेताले ६६ हजार ६ सय ६६ रूपैयाँ नगद सहित ट्रफी, मेडल र प्रमाणपत्र पाउने छ । सेमिफाइनलिष्ट दुई टिमले २५ हजार ५ सय ५५ रूपैयाँ नगद सहित मेडल र प्रमाणपत्र पाउने छन् ।
प्रतियोगिताको विधागतर्फ बेष्ट प्लेयरलाई ५ हजार ५ सय ५५ रूपैयाँ नगद सहित ट्रफी, मेडल र प्रमाणपत्र दिइने आयोजकले जनाएको छ । त्यस्तै बेष्ट किपर, बेष्ट डिफेण्डर, बेष्ट मिडफिल्डर, हाइस्कोरर, बेष्ट कोच र राइजिङ प्लेयरलाई जनही दुई हजार २ सय २२ रूपैयाँका दरले नगद सहित ट्रफी, मेडल र प्रमाणपत्र दिइने श्रेष्ठले जनाएका छन् । यसका साथै ५ हजार ५ सय ५५ राशीको सोल्मा खेलकुद पत्रकारिता पुरस्कारबाट एक जना पत्रकारलाई पुरस्कृत गरिने सोल्मा स्पोटर्स क्लवका अध्यक्ष तथा जिल्ला फुटबल संघ खोटाङका अध्यक्ष ध्रुबविक्रम राईले बताएका छन् । खेलको उद्घाटन दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाका उपप्रमुख विसन राईले गर्ने राईले जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस




सन्चार सदन प्रालि, दिक्तेल खोटाङ

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१५४/२०७८/७९

फोन: ०३६-४२०७००

इमेल: [email protected]

Copyright © 2026 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित