नमस्ते खोटाङ संवाददाता–
खोटाङ, बैशाख ४—दिक्तेलमा जैविक विविधता रेडपाण्डा तथा थार अन्तर्राष्ट्रिय सम्मेलन बैशाख ४ गते सुरु भएको छ । वन, वातावरण, जैविक विविधताको संरक्षण गर्दै जलवायु परिवर्तनका असर न्युनीकरण गर्दै पर्यापर्यटन प्रबद्र्धनमा योगदान पु¥याउने उद्देश्यले उक्त सम्मेलन आयोजना गरिएको हो ।
दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाको मुख्य आयोजना तथा पर्यटन, वन तथा वातावरण मन्त्रालय कोशी प्रदेश, राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग काठमाडौं, वन तथा भू–संरक्षण विभाग काठमाडौं, राष्ट्रिय प्रकृति संरक्षण कोष काठमाडौं, त्रिभूवन विश्व विद्यालयको आयोजनामा उक्त सम्मेलन सुरु भएको हो । दिक्तेल बजारमा प्रभातफेरीपछि स्थानीय सरस्वती माविमा सम्मेलन सुरु भएको छ । सम्मेलनको उद्घाटन कोशी प्रदेश पर्यटन, वन तथा वातावरण मन्त्री भीम पराजुलीले गरेका हुन् । सम्मेलन आगामी बैशाख ६ गतेसम्म हुने छ ।
दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–१० पाथेकामा लोपोन्मुख रेडपाण्डा र थार पाइने भएकाले त्यसको संरक्षण, जैविक विविधताको संरक्षण, जलवायु परिवर्तन न्युनीकरण, पर्यावरणीय चेतना, रैथाने सीप र संस्कृतिको प्रबद्र्धन गर्ने उद्देश्यले सम्मेलन आयोजना गरिएको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाका प्रमुख तीर्थराज भट्टराईले बताएका छन् । यसका साथै विभिन्न ३० वटा कार्यपत्रहरू राष्ट्रिय–अन्तर्राष्ट्रिय अनुसन्धानकर्ताहरूबाट प्रस्तुत गरिने त्रिभूवन विश्वविद्यालयका प्रा. डा. राजेश राईले बताएका छन् । मानव वन्यजन्तु बीचको सम्वन्धबारे विज्ञ र स्थानीय बीचको छलफल, वन्यजस्तुको संरक्षण र पर्यापर्यटनलाई कसरी जोडन सकिन्छ भन्ने विषयमा ३ वटै तह (संघ, प्रदेश र स्थानीय)का जनप्रतिनिधिहरू समेतको छलफल तथा रेडपाण्डा संरक्षणमा जुटेकाहरू (रसुवाको लाङटाङदेखि ताप्लेजुङसम्म)को अनुभव आदान प्रदान गरिने राईले बताएका छन् । त्यसपछि अन्तिममा बैशाख ६ गते घोषणापत्र जारी गरिने राईले सुनाएका छन् ।
प्रदर्शनीमा नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नाष्ट), काठमाडौं विश्वविद्यालय, नेपाल संस्कृत विश्वविद्यालय, अन्तरिक्ष प्रतिष्ठान नेपाल, बायो टेक्नोलोजी सोसाइटी अफ नेपाल लगायत २ दर्जन बढी विज्ञान प्रविधिसंग सम्वन्धित राष्ट्रियस्तरका संघ–संस्थामा आबद्ध एक सय ५० जना सहभागी रहेको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका कृषि शाखा प्रमुख तेजप्रकाश जैसीले बताएका छन् । सम्मेलनकै अवसरमा बिहीबारदेखि वैज्ञानिक अन्वेषण तथा विज्ञान–गणित प्रदर्शनी पनि सुरु भएको छ । यसका साथै साहित्यिक तथा सांस्कृतिक कार्यक्रम, रैथाने शीप र प्राकृतिक सामग्रीको प्रदर्शनी भइरहेको छ ।
प्रतिक्रिया दिनुहोस
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख ४—दिक्ते�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख ३–दिक्ते�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख २–चखेवा भ�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख २–बाँदर व�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख २–दिक्ते�... ... ...
सन्चार सदन प्रालि, दिक्तेल खोटाङ
सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१५४/२०७८/७९
फोन: ०३६-४२०७००
इमेल: [email protected]
Copyright © 2026 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित