वैज्ञानिक अन्वेषण तथा विज्ञान–गणित प्रदर्शनी सुरु (भिडिओ सहित)

  • प्रकाशित मितिः वैशाख ३, २०८३
  • 9 पटक पढिएको
  • संवादताता

नमस्ते खोटाङ संवाददाता–
खोटाङ, बैशाख ३–दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–२ सोल्मास्थित शुभम फाउण्डेसनमा वैज्ञानिक अन्वेषण तथा विज्ञान–गणित प्रदर्शनी सुरु भएको छ । विज्ञान र प्रविधिको क्षेत्रमा नयाँ आयाम थप्ने उद्देश्यले बैशाख ३ गतेदेखि प्रदर्शनी सुरु भएको हो ।
प्रदर्शनी ५ दिन (बैशाख ७ गते)सम्म हुने आयोजकले जनाएको छ । उक्त प्रदर्शनीमा एआइसंगका साक्षात्कार, रोबो–कार रेस, परम्परागत र आधुनिक प्रविधि मिश्रणको स्टल राखिएको छ । स्टल संयोजक भूपाल राईका अनुसार प्रदर्शनीमा जिल्लाका २१ विद्यालयको २१ स्टलमा ६४ वटा परियोजना र खोटाङ बाहिरबाट १५ स्थलमा १८ वटा परियोजना गरी ७९ वटा परियोजना प्रदर्शनीमा राखिएको छ ।
प्रदर्शनीमा नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नाष्ट), काठमाडौं विश्वविद्यालय, नेपाल संस्कृत विश्वविद्यालय, अन्तरिक्ष प्रतिष्ठान नेपाल, बायो टेक्नोलोजी सोसाइटी अफ नेपाल लगायत २ दर्जन बढी विज्ञान प्रविधिसंग सम्वन्धित राष्ट्रियस्तरका संघ–संस्थामा आबद्ध ७२ जना खोटाङ आएको आयोजक दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाका प्रमुख तीर्थराज भट्टराईले बताएका छन् । कोशी प्रदेश सामाजिक विकास मन्त्रालयको आर्थिक सहयोग, दिक्तेल रूपाकोट मझुवागढी, शुभम् फाउण्डेसन र हिमालय माविको आयोजनामा भएको प्रदर्शनीको कोशी प्रदेश पूर्व सामाजिक विकास मन्त्री पाँचकर्ण राईले उद्घाटन गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस




सन्चार सदन प्रालि, दिक्तेल खोटाङ

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१५४/२०७८/७९

फोन: ०३६-४२०७००

इमेल: [email protected]

Copyright © 2026 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित