नमस्ते खोटाङ संवाददाता–
खोटाङ, बैशाख १–बस र अटो बीच एक–आपसमा ठोक्किदा अटोमा सवार किशोरी घाइते भएकी छन् । काठमाडौंबाट भोजपुर जादै गरेको बा.प्र. ०१–००६ ख ९९६४ नम्बरको बस र विपरित दिसाबाट आउदै गरेको प्र.१–०२–००५ ह ४३८४ अटो बीच हलेसी तुवाचुङ नगरपालिका–१० अर्खौलेको बिफ्ल्याटे भन्ज्याङमा बैशाख १ गते विहान ७ बजेतिर एक–आपसमा ठोक्किदा अटोमा सवार दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–१३ की १४ वर्षीया दीक्षा राई घाइते भएकी हुन् ।
दुर्घटनामा घाइते बालिकाको टाउको र खुट्टामा चोट लागेको छ । उनको जिल्ला अस्पतालमा उपचार हुन नसकेपछि काठमाडौं पठाइएको जिल्ला प्रहरी कार्यालय खोटाङका सूचना अधिकारी प्रहरी निरीक्षक राजु विष्टले बताएका छन् । बसका चालक उदयपुर बेलटारका ३५ वर्षीय रमेश विशंखे फरार रहेको प्रहरीले जनाएको छ । दीक्षा बुवा भिमन राईले चलाएको अटोमा चढेर हलेसीतर्फ जादै गरेको अवस्थामा दुर्घटना भएको स्थानीय सुरेश राईले बताएका छन् ।
प्रतिक्रिया दिनुहोस
नमस्ते खोटाङ संवाददाता–खोटाङ, साउन १०–केपिला�... ... ...
सविना अछामे–खोटाङ, साउन ५–खोटाङमा ८३.२३ प्रतिश... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, साउन २–जिल्ला प�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, असार ३२–दिक्ते�... ... ...
सविना अछामे–खोटाङ, असार ३१–कारागार कार्यालय ख�... ... ...
सन्चार सदन प्रालि, दिक्तेल खोटाङ
सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१५४/२०७८/७९
फोन: ०३६-४२०७००
इमेल: [email protected]
Copyright © 2026 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित