नमस्ते खोटाङ संवाददाता–
खोटाङ, चैत ३०–दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–१२ जालपास्थित जालपा माविका विद्यार्थीहरूले गहुँको छुवालीबाट आकर्षक कला सिर्जना गर्न सिकेका छन् । दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाको आयोजनामा भएको १० दिने उद्यम तथा प्राविधिक सीप विकास तालिममा सहभागी २६ विद्यार्थीले गहुँको छुवालीबाट आकर्षक कला सिर्जना गर्न सिकेका हुन् ।
उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको दुई लाख ४८ हजार रूपैयाँको बजेटमा उक्त तालिम चैत २९ गते समापन भएको हो । उक्त विद्यालयमा कक्षा ६ मा अध्ययरत ९ वर्षीया अनमिका राईले तालिममा आकर्षक कला सिर्जना गर्न जानेपछि खुसी लागेको उनकी आमा अन्जु राईले बताएकी छन् । तालिममा सहभागी विद्यार्थीहरूले यसलाई थप निरन्तरता दिने बताएका छन् । उक्त विद्यालयमा कक्षा ८ मा अध्ययरत १३ वर्षीया भूमिका गुरुङले गहुँको छुवालीबाट कला सिर्जना गर्न सिकेपछि आफूलाई खुसी लागेको बताएकी छन् । उक्त विद्यालयमै कक्षा ८ मा अध्ययरत १३ वर्षीया संजीता विश्वकर्माले पनि कलालाई निरन्तरता दिने जनाएकी छन् ।
उनीहरूले जानेको सीपलाई आगामी बैशाख ४–६ गतेसम्म अन्तर्राष्ट्रिय जैविक विविधता रेडपाण्डा थार सम्मेलनमा आउने अतिथिहरूलाई मायाँको चिनोको रूपमा प्रदान गरिने दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाका प्रमुख तीर्थराज भट्टराईले बताएका छन् । विद्यार्थीले सोचेभन्दा राम्रो कला सिर्जना गरेकाले यसप्रति उनीहरूको भविष्य राम्रो देखिएको प्रशिक्षक प्रकाश मिजारले जनाए ।
गत वर्ष पनि नगरपालिकाको पहलमा उक्त विद्यालयमा चित्रकला प्रशिक्षण आयोजना गरिएको थियो । अष्ट्रेलियन चित्रकार ‘रे’ले चित्रकला सिकाएका थिए । त्यही चित्रकलामा सहभागी विद्यार्थीलाई पुनर्ताजगी तालिमको रूपमा यो वर्ष गहुँको छुवालीबाट चित्र बनाउने तालिम आयोजना गरिएको विद्यालयका प्रधानाध्यापक दिलबहादुर राईले जनाएका छन् ।
त्यस्तै उक्त विद्यालयको ६५ औं वार्षिक उत्सव पनि मनाएको छ । खेलकुद, विज्ञान तथा गणित प्रदर्शनी, सांगीतिक कार्यक्रम आयोजना गरी चैत २९ गते वार्षिक उत्सव मनाएको हो । यसअन्तरगत अभिभावकको डोरी तान्ने खेल, छात्र–छात्रा भलिबल, छात्र–छात्रा ब्याटमिन्टन, छात्र–छात्रा टेबलटेनिस, शिक्षक–शिक्षिकाको ब्याटमिन्टन तथा सांगीतिक कार्यक्रम आयोजना गरी उत्सव मनाएको विद्यालयको प्रअ राईले बताएका छन् ।
प्रतिक्रिया दिनुहोस
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख २–चखेवा भ�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख २–बाँदर व�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख २–दिक्ते�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १–बस र अटो... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, चैत ३०–बाँदरको �... ... ...
सन्चार सदन प्रालि, दिक्तेल खोटाङ
सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१५४/२०७८/७९
फोन: ०३६-४२०७००
इमेल: [email protected]
Copyright © 2026 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित